IME Life New

राष्ट्र बैंकले ४३ कराेड नयाँ नाेट छाप्ने ठेक्का दियाे भारतीय सरकारी कम्पनीलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै । नेपालमा प्रचलनमा रहेकाेमध्ये सबैभन्दा ठूलाे एक हजार दरका ४३ कराेड थान नयाँ नाेट छपाई गर्ने ठेक्का नेपाल राष्ट्र बैंकले भारतीय सरकारी स्वामित्वकाे कम्पनीलाई दिने भएकाे छ । भारतकाे सेक्युरिटी प्रिन्टिंग एण्ड मिन्टिंग कर्पाेरेशन लिमिटेडलाई बैंकले कागजी नाेट छपाई गर्ने ठेक्का दिने भएकाे हाे ।

कर्पाेरेशनलाई १ कराेड ११ लाख ३४ हजार ५ सय ६ अमेरिकी डलरमा नाेट छाप्ने ठेक्का दिनकाे लागी बैंकले आशय पत्र जारी गरेकाे छ । याे रकम नेपाली मुद्रामा १ अर्ब ४४ कराेड ९२ लाख १० हजार ५१४ रुपैयाँ हुन आउँछ । यस अनुसार प्रति नाेटकाे छपाई लागत  तीन रुपैयाँ ३७ पैसाका पर्नेछ ।२०७६ असाेजमा चिनियाँ कम्पनीसँग नाेट छपाईका लागी ठेक्का सम्भाैता गर्दा पनि बैंकले प्रति नाेट तीन रुपैया ३७ पैसाका दरले भुक्तानी गर्नु परेकाे थियाे ।

Esewa
Crest

अहिले छपाई गरिने नाेटलाई प्रचलनमा ल्याउँदा यसकाे अंकित  रकम ४ खर्ब ३० अर्ब रुपैया हुन आउँछ । भारतीय कम्पनीले सबैभन्दा सस्ताे रकम प्रस्ताव गरेकाले नाेट छाप्ने ठेक्का दिन लागिएकाे बैंकले सूचनामा उल्लेख गरेकाे छ ।

एक हजार दरका कागजी नाेट छाप्नकाे लागी राष्ट्र बैंकले आह्वान गरेकाे वैश्विक बाेलपत्र प्रतिस्पर्धामा सहभागीमध्ये अफ्रिकी मुलुक ब्राजिलकाे कासा डा माेडया डाे ब्राजिल चीनकाे चाइना बैंक नाेट प्रिन्टिंग एण्ड मिन्टिंग कर्पाेरेशन र फ्रान्सकाे अबरथर फिडुसियर एसएएस र भारतकाे सेक्युरिटी प्रिन्टिंग एण्ड मिन्टिंग कर्पाेरेशन लिमिटेडले व्यापारिक र प्राविधिक प्रस्ताव छनाैटकाे चरण पार गर्न सफल भएका थिए ।

ढुवानी लागत र सुपुर्दगी समयकाे हिसाबले भारतमा छपाई गर्दा तुलनात्मकरुपमा नाेट छपाई सँगै जाेडिने अन्य लागत समेत कटाैती हुनेछ ।

केन्द्रीय बैंकले यी नोट छापी सकेपछि कम्तीमा आगामी तीन वर्षका लागि पुग्ने पूर्वानुमान गरेकाे छ । तीन वर्षअघि बैंकले ४० करोड थान एक हजार दरका नोट छापेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS