IME Life New

कोरोना बीमाको दाबी भुक्तानीलाई अगाडि बढाउदै बीमक संघ, कर छुट सहित कम्पनीको ‍नाफामा असर नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघले सम्पुर्ण कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानीलाई सहजिकरण गर्न अनुरोध गरेको छ । संघले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै कोरोना बीमाको दाबी भुक्तानी गरिने दाबीकर्ताहरुको सूचि एक प्रति बीमक संघ तथा पुललाई उपलब्ध गराई आफुले प्राप्त गर्ने रकमको चेक बीमक संघबाट लिएर दाबी प्रकृयालाई सहज गर्न संघका अध्यक्ष चंकी क्षेत्रीले अनुरोध गरेका छन् ।

कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा कार्तिक २९ गते बसेको यस संघको बैठकले कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा नियामक निकायबाट भएको अथक पहललाई मध्यजनर गरी तथा कोरोना बीमा मापदण्ड निर्देशिका २०७७ ले तोकेको सिमा भन्दा बढी भुक्तानी आकष्मिक बीमाकोषबाट मिलान गरि सञ्चित मुनाफामा सार्न सक्ने व्यवस्था गरिएको संघले जनाएको छ ।

Esewa
Crest

साथै उक्त खर्चलाई वास्तविक खर्चको रुपमा स्वीकार गर्न कर विभागमा समेत सहजता गरिदिने आश्वासन भएको हुँदा बीमकहरुको वित्तिय विवरणमा खासै ठुलो असर नपर्ने संघले जनाएको छ । कोरोना बीमा दाबी भुक्तानी, जोखिम समुहको पुनर्बीमा सम्झौता लगायत विभिन्न विषयमा छलफल समेत गरेर यो निर्णय गरिएको संघले उल्लेख गरेको छ । संघले गरेको निर्णयको प्रतिलिपि तथा बीमा प्राधिकरणको पत्र र रकम बाँडफाँडको विवरण समेत सम्पुर्ण कम्पनीहरुलाई उपलब्ध गराएको छ ।

कोरोना बीमाको मापदण्ड अनुसार सरकारले साढे तीन अर्ब भन्दा माथिको दायित्व बेहोर्नु पर्ने भएता पनि सरकारले दाबी नतिर्दा दाबीकर्ताहरुको पिडालाई मध्यनजर गर्दै हाललाई जे जति रकम प्राप्त भएको छ त्यसैलाई मिलाएर दाबी तिर्ने संघले निर्णय गरेको छ ।

संघले दाबी भुक्तानी गर्दा व्यक्ति तथा परिवारको दाबी भुक्तानी गर्ने निर्णय गरेको छ । कम्पनीहरुको स्वीकृत दाबी संख्यालाई आधारमानि समानुपातिक रुपमा बाँडफाँड गर्ने भएका छन् । समानुपातिक रुपमा बाँडफाँड गर्दा व्यक्ति तथा परिवारलाई तिर्नु पर्ने दाबी संख्या भन्दा बढी रकम नदिने समेत निर्णय गरेका छन् । यसै अनुसार बाँडफाँड भइ बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पुनस्वीकृत दाबी संख्याको अनुपातमा बाँडफाँड गर्नेछन् । दाबी भुक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ-आफ्नो वेवसाइटमा प्रकाशित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS