Connect IPS
IME Life

ओरिएण्टल इन्स्योरेन्सको नाफा शत प्रतिशतले बढ्यो, बीमा कोषको आकार ९९ करोड १३ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा र खुद दाबी भुक्तानी खुद बीमा शुल्क आर्जन बढेको छ ।

कम्पनीको जगेडा कोक्षमा ३४ करोड ८० लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जगेडा कोषमा १५ करोड २५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको बीमा कोष १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ९९ करोड १३ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोष र जगेडा कोषको आकार बृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा १०० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ५ करोड ९ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २४ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले २८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क घटेको छ ।

यस अवधिमा कम्पनीले ५ करोड २६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीले कुल ३९ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कुल ७ करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS