Connect IPS
IME Life

निर्जीवन बीमा कम्पनीहरुले कमाए १ अर्ब ५ करोड मुनाफा, ७ कम्पनीको घट्यो, अन्यको अवस्था कस्तो ? (सूचिसहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । १९ निर्जीवन बीमा कम्पनीहरुमध्ये १७ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र कम्पनीको व्यापार बृद्धि भएता पनि अधिकांश बीमा कम्पनीहरुको व्यापार खस्किएको छ । गत आर्थिक वर्षको तुलनामा यी १७ वटा कम्पनीको नाफामा १९ दशमलव ७५ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा १७ कम्पनीहरुले १ अर्ब ५ करोड ३६ लाख २१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ८७ करोड ९८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएका थिए । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणलाई हेर्दा १६ कम्पनीहरुमध्ये ७ कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ ।

Prabhu
Crest

७ कम्पनीको मुनाफामा गिरावट
आर्थिक वर्ष २२०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका १६ कम्पनीहरुको अवस्था हेर्दा गत आर्थिक वर्षको तुलनामा प्रिमियर इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ ।
समिक्षा अवधिमा सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नाफा बढाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ११ सय ६२ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले २१ करोड ६० लाख नाफा कमाएको छ । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीको नाफा बढेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य (० दशमलव ९३) प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले १३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ४ प्रतिशतले घटेर यस अवधिमा ७ करोड ७९ लाखमा सिमित भएको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले यस अवधिमा नाफा गत आर्थिक वर्षको तुलनामा ७ दशमलव ५३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले नाफा ७ करोड ४ लाख रुपैयाँ कमाएको छ । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १४ प्रतिशतले बढाएर ७ करोड ३ लाख रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी समिक्षा अवधिमा नेको इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ६ दशमलव ६४ प्रतिशतले घटेर ६ करोड ७१ लाखमा सिमित भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा २८ प्रतिशतले बढेर ५ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनकिो नाफा गत आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले घटेर ५ करोड ४६ लाखमा सिमित भएको छ । राष्ट्रिय बीमा कम्पनीको नाफा गत वर्षको तुलनामा १३ प्रतिशतले घटेर ५ करोड ३८ लाखमा सिमित भएको छ ।

त्यस्तै, आइएमई जनरलको नाफा गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढेर ५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । सानिमा जनरलको नाफा गत वर्षको तुलनामा ७० प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ४ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा गत आर्थिक वर्षको तुलनामा ३४ प्रतिशतले घटेर ३ करोड ७८ लाख रुपैयाँमा सिमित भएको छ ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको तुलनामा नाफा ० दशमलव ४५ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले ३ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीले ३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनकिो नाफा ४७ प्रतिशतले गिरावट आएको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको तुलनामा नाफा ९० प्रतिशतले बृद्धि गरी २ करोड २६ करोड कमाउन सफल भएको छ ।

यस अवधिमा जनरल इन्स्योरेन्स कम्पनीले १ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५० प्रतिशतले कमी हो । त्यस्तै, यस अवधिमा अजोड इन्स्योरेन्सले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कम हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS