IME Life New

असोज महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल व्यापार १० अर्ब ८४ करोड, कुन कम्पनीले कति गरे (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को असोज महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले कुल ६ लाख ८९ हजार ४६८ वटा बीमा लेख विक्री गरी १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका हुन् । असोज महिनामा मात्रै कम्पनीले २ लाख ४४ हजार बीमालेख विक्री गरी २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८५ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चौथोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ८२ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ७६ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले यस अवधिमा ७३ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिसम्ममा एनएलजी इन्स्योरेन्स कम्पनीले ६१ करोड ८ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५६ करोड ९८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले यस अवधिमा ५० करोड २४ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ४६ करोड ८ लाख रुपैयाँ, आइएमई जनरलले ४४ करोड ९० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४३ करोड ७६ लाख,प्रभु इन्स्योरेन्सले ४१ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी यस अवधिसम्ममा ओरिएण्टल इन्स्योरेन्सले ३९ करोड ६४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ३५ करोड १८ लाख, नेशनल इन्स्योरेन्सले ३२ करोड ८३ लाख, यूनाइटेड इन्स्योरेन्सले ३२ करोड ३१ लाख, सानिमा जनरलले २८ करोड ३६ लाख र जनरल इन्स्योरेन्सले २५ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS