IME Life New

मनपरी लाइसेन्स वाँड्ने व्यवस्थालाई नियमावलीले नियन्त्रण गर्ने, लघु बीमा अहिलेको आवश्यक्ता: अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले मनलाग्दी बीमा कम्पनीहरुको लाइसेन्स वितरण गर्ने अभ्यासलाई नयाँ बन्ने नियमावली मार्फत व्यवस्थित गरिनु पर्ने बताएका छन् । समितिले आयोजना गरेको एक कार्यक्रममा मन्तव्य दिने क्रममा अध्यक्ष सिलवालले अव नेपाली बजारमा कति वटा बीमा कम्पनी चाहिन्छ भन्ने कुरालाई नियमावलीबाटै प्रष्ट खुलाइनु पर्ने बताए ।

उनले भने ‘नियमावलीले कानुनी बाटो बनाइदिनु पर्यो ताकी सबैले त्यहि बाटोमा टेकेर काम गर्न सकुन् ।’ नेपालमा कति वटा बीमा कम्पनी भए पुग्छ भन्ने विषयमा अध्ययन नै नगरी कहिले लाइसेन्स दिने कहिले मर्जरको नीति लिएको विषयमा बीमकहरुले विरोध गरे पछि अध्यक्ष सिलवालले यस विषयमा कानुननै आवश्यक परेको बताएका हुन् ।

Esewa
Crest

उनले भने ‘कति वटा बीमा कम्पनी चाहिन्छ भन्ने कुराको छिनोफानो एक दुई वटा कम्पनीहरु मर्जर गरेर मात्रै थाहा हुँदैन । हामीले तथ्याङ्कलाई हेर्नु पर्छ ।’ उनले थपे ‘ हामीलाई तथ्याङ्कले भन्नु पर्यो नेपालको बजारमा मर्जर पछि कायम हुने कम्पनीहरु प्रयाप्त छ या छैन ।’

बीमा नियमावलीको मस्यौदा बीमा समिति आफैले तयार पारिरहेको छ । खासमा नियमावली बनाउने काम मन्त्रालयकै हो । साथै नियमावली मन्त्रालयबाटै पारित भएर आउनु पर्छ । यहि सन्दर्भलाई संकेत गर्दै अध्यक्ष सिलवालले बीमा समितिले बनाएको नियमावलीमा धेरै परिवर्तन हुने भन्दै यस विषयमा मन्त्रालयलाई समेत ध्यानाकर्षण गराएका छन् ।

भोलिका दिनमा पनि आगामी नेतृत्वले जथाभावी लाइसेन्स नबाडोस् भनेर केहि सूचकहरु राखिनु पर्ने उनको तर्क छ । उनले भने ‘नियमावलीमा यस्तो प्रावधान राख्नु पर्यो निश्चित मापदण्ड पुरा नगरी कसैले पनि निर्णय गर्न नसकोस् ।’

कार्यक्रममा लघु बीमाको लाइसेन्सका विषयमा प्रश्न उठेपछि उनिहरुलाई संकेत गर्दै अध्यक्ष सिलवालले अहिलेका बीमा कम्पनीहरु दुई चार वटा बाख्राको बीमा गर्न, दिन दुखी र गरिवको बीमा गर्न भनेर नखुलेकाले पनि नयाँ लघु बीमा कम्पनी खोल्नु परेको बताए । उनले भेन ‘हामीले हेर्ने भनेको राज्यले सबैलाई समान पहुँच दिनु पर्छ । सबैको बीमामा पहुँच पुग्नु पर्यो ।’

आज कुनै पनि बीमा कम्पनीले १५/२० हजारको पोलिसी बिक्री नगर्ने भन्दै सिलवालले लघु बीमाको लाइसेन्स आह्वान गरिएको दाबी गरे । समितिले अहिले भएका बीमा कम्पनीको अधिकार कटौती नहुने गरी लघु बीमा कम्पनीलाई व्यवसाय दिने उनले प्रष्ट पारे । अव आउने बीमा कम्पनीहरु प्रादेशिक रुपमा नै बस्ने हुँदा समितिले दिएकै क्षेत्रमा रहेर काम गर्नु पर्ने उनको भनाइ छ । उनले भने ‘उसले गाउँमै बीमा गर्ने हो । यदि उसले सकेन भने बन्द गर्छ ।’ कुनै पनि लगानीकर्ताले अर्बौ करोडौ लगानी गर्दैछ भने उसले व्यवसायिक भविष्य देखेरै आउने हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS