IME Life New

वीरगंजका यूवाले खाेलेकाे रियल स्टीलले डेढ अर्ब रूपैयाँ कर्जाकाे लागी पुन पायाे रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वीरगंज। स्थानीय यूवा उद्यमीहरुको संयुक्त लगानीमा रहेकाे रियल स्टिल प्रा.लि. फलाम उद्योगले एक वर्षको अवधिमा १८.७३ प्रतिशतले कारोबार बढाएको छ । कम्पनीको व्यापारिक कारोबार बारे उपलब्ध अपरिस्कृत तथ्यांक अनुसार आर्थिक वर्ष २०७८।७९ मा कम्पनीले १ अर्ब ३७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।

यसअघि आ.व. २०७७।७८ मा कम्पनीले १ अर्ब १५ करोड ८० लाख रुपैयाँको कारोबार गरेको रेटिङ एजेन्सी केयर रेटिङले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Esewa
Crest

वीरगंजमा अवस्थित यो उद्योगले फलामको एम एस पाइप, सटर पटी, सटर गाइड, एचआर क्वायल, सिआर क्वायल, लक प्लेट, कान प्लेट र सटर स्प्रिङ उत्पादन गर्दै आएको छ । सन् २०२० को शुरूवातदेखि उत्पादन थालेको यो कम्पनीको उत्पादन क्षमता वार्षिक ४९ हजार ८ सय मेट्रिक टन रहेको छ ।

कम्पनीले उत्पादन तथा सेवामा विविधतालाई जोड दिंदै तयारी छानाको उत्पादन (प्रि फ्याब्रिकेटेड ट्रस सेड र यसको लागी जडान सेवा समेत यसवर्ष देखि शुरू गरेको छ ।

कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बैंकिङ कर्जाका दोश्रो पटक केयर रेटिङ बाट गराएको जोखिमांकनमा पुरानै रेटिङमा समर्थन प्राप्त गरेको छ ।
अमेरिकी मुद्रामा उद्योगको कच्चा पदार्थ खरिद गर्नु पर्ने र अत्यधिक चालू पूँजी आवश्यक हुने भएकाले समयमै वित्तीय दायीत्व निर्वाह गर्न सक्ने सन्दर्भमा ‌‍औसत जोखिमको अवस्थामा रहेको छ ।

१ अर्ब ७ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जाको लागी केयर एनपि ए फोर र ४३ करोड रुपैयाँ दीर्घकालीन कर्जाको केयर एनपि बिबि माइनस रेटिङ पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS