IME Life New

युनाइटेड इन्स्योरेन्सको डिसिइओका लागि १३ जनाको आवेदन, उपासनाको राजिनामा के भयो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको डिसिइओका लागि १३ जनाको आवेदन परेको छ । स्रोतका अनुसार यस पदमा विष्णु प्रसाद सुवेदी, कैलाश देवकोटा, प्रभुशरण वली, हरिहर मान सिंह बस्नेत, निरज बस्नेत, मुराहरी प्रसाद लम्साल, रमेश कुमार भट्टराइ, विनोद कासपाल, प्रविन सापकोटा, विपिन पोखरेल, रोहित रेग्मी, सुरेन्द्र थापा र विद्यानाथ प्रसाद उपाध्यायले आवेदन दिएका हुन् ।

कम्पनीले महाप्रवन्धक तथा विभागीय प्रमुखहरुबाट बढुवा नगरी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न थालेको हो । केहि आवेदक कम्पनीकै पुराना कर्मचारी हुन् भने केहि अन्य कम्पनीको उच्च व्यवस्थापन तहमा काम गरिसकेका व्यक्ति छन् ।

Esewa
Crest

उपासना पौडेलको राजिनामा के भयो ?

बीमा क्षेत्रकै एक मात्र महिला सिइओ उपासना पौडेलले असोज पहिलो साता राजिनामा दिएकि थिइन् । उनले सञ्चालक समितिलाई राजिनामापत्र बुझाए पनि अहिलेसम्म उनि काम गरिरहेकी छिन् । सञ्चालक समितिले राजिनामा स्वीकृत नगरे पछि पौडेल काम गर्न बाध्य भएकी हुन् ।

उनले राजिनामा दिएको विवरण विभिन्न सञ्चार माध्यममा आए पनि आधिकारिक रुपमा भने आउन सकेन । सञ्चालक समितिले उनलाई अझै केहि समय बस्न अनुरोध गरे पछि उनि अहिले नियमित रुपमा काम गरिरहेकी छिन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तहमा प्रायः कोहि पनि टिकेको रेकर्ड छैन । सञ्चालक नै बढी हाबी हुने यस कम्पनीमा प्रमुख कार्यकारी अधिकृत महाप्रवन्धक पदका कर्मचारीहरु टिक्न सकेका छैनन् । सञ्चालकले कम्पनीका आन्तरिक र प्रशासनिक कार्यमा हस्तक्षेप गर्दा उच्च व्यवस्थापन तहका कर्मचारीले स्वतन्त्र पुर्वक काम गर्न सक्दैनन्  । स्रोतका अनुसार पौडेललाई तत्कालका लागि सञ्चालकले रोके पनि केहि समय पछि जसरी पनि बाहिरिने मनस्थितिमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

13%
sad

दु :खी

19%
amazed

अचम्मित

6%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS