Connect IPS
IME Life

युनाइटेड इन्स्योरेन्सको डिसिइओका लागि १३ जनाको आवेदन, उपासनाको राजिनामा के भयो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको डिसिइओका लागि १३ जनाको आवेदन परेको छ । स्रोतका अनुसार यस पदमा विष्णु प्रसाद सुवेदी, कैलाश देवकोटा, प्रभुशरण वली, हरिहर मान सिंह बस्नेत, निरज बस्नेत, मुराहरी प्रसाद लम्साल, रमेश कुमार भट्टराइ, विनोद कासपाल, प्रविन सापकोटा, विपिन पोखरेल, रोहित रेग्मी, सुरेन्द्र थापा र विद्यानाथ प्रसाद उपाध्यायले आवेदन दिएका हुन् ।

कम्पनीले महाप्रवन्धक तथा विभागीय प्रमुखहरुबाट बढुवा नगरी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न थालेको हो । केहि आवेदक कम्पनीकै पुराना कर्मचारी हुन् भने केहि अन्य कम्पनीको उच्च व्यवस्थापन तहमा काम गरिसकेका व्यक्ति छन् ।

Prabhu
Crest

उपासना पौडेलको राजिनामा के भयो ?

बीमा क्षेत्रकै एक मात्र महिला सिइओ उपासना पौडेलले असोज पहिलो साता राजिनामा दिएकि थिइन् । उनले सञ्चालक समितिलाई राजिनामापत्र बुझाए पनि अहिलेसम्म उनि काम गरिरहेकी छिन् । सञ्चालक समितिले राजिनामा स्वीकृत नगरे पछि पौडेल काम गर्न बाध्य भएकी हुन् ।

उनले राजिनामा दिएको विवरण विभिन्न सञ्चार माध्यममा आए पनि आधिकारिक रुपमा भने आउन सकेन । सञ्चालक समितिले उनलाई अझै केहि समय बस्न अनुरोध गरे पछि उनि अहिले नियमित रुपमा काम गरिरहेकी छिन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तहमा प्रायः कोहि पनि टिकेको रेकर्ड छैन । सञ्चालक नै बढी हाबी हुने यस कम्पनीमा प्रमुख कार्यकारी अधिकृत महाप्रवन्धक पदका कर्मचारीहरु टिक्न सकेका छैनन् । सञ्चालकले कम्पनीका आन्तरिक र प्रशासनिक कार्यमा हस्तक्षेप गर्दा उच्च व्यवस्थापन तहका कर्मचारीले स्वतन्त्र पुर्वक काम गर्न सक्दैनन्  । स्रोतका अनुसार पौडेललाई तत्कालका लागि सञ्चालकले रोके पनि केहि समय पछि जसरी पनि बाहिरिने मनस्थितिमा छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

13%

दु :खी

19%

अचम्मित

6%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS