IME Life New

भायानेटले चाँडै आइपीओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेशन प्रा.लि.ले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले जुलाई १७, २०२२ को नयाँ आर्थिक वर्षको सुरुवातसँगै आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो। कम्पनी चाँडै आफ्नो इनिसियल पब्लिक अफरिंग (आईपिओ) जारी गर्ने तयारी गरेकोले नाम परिवर्तन गरेको कम्पनीले जनाएको छ ।

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ। सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर टू द होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गरेको छ ।

Esewa
Crest

त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवाहरू मध्ये एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनाएको थियो। आईपीटीभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गर्‍यो। भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच अप टिभी जस्ता सुविधा तथा सेवाहरू मार्फत नेपाली टेलीभिजनका ग्राहकहरूको मन जित्न सफल भएको थियो ।

कम्पनीले नेपालमा रहेका आफ्ना सबै ग्राहकहरूलाई सर्वोत्तम मूल्यमा उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न आफ्ना सेवाहरूलाई निरन्तर रूपमा अपग्रेड गर्दै आएको छ। उपत्यका र सहरी क्षेत्रमा बलियो रुपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ। भायानेट आजको दिनमा देशका ३० सहरमा विस्तारित भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS