IME Life New

मालबाहक गाडीको व्यापक बीमाले दिन्छ तेश्रो पक्षको नोक्सानीमा ५० लाखसम्म क्षतिपूर्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्था कर्जा लिएर वा जग्गा बेचेर आएको पैसा लगानी गरेर खरिद गरेको मालबाहक सवारी साधन दुर्घटनामा पर्दा सवारीधनीलाई ठूलो आर्थिक नोक्सानी हुने गरेको छ । मालबाहक सवारी सडकमा गुडाउनु भन्दा अघि नै सावधानीपूर्वक यसको मर्मत सम्भार गर्नुको साथै पर्याप्त जोखिम बहन हुने गरी बीमा गर्न नसक्दा कुनै दुर्घटना भएको अवस्थामा धनजनको अकल्पनीय क्षति व्यहोर्नु पर्ने अवस्था आउन सक्छ ।

बीमा कम्पनीहरुबाट मालबाहक गाडीको बीमा गर्न सकेको अवस्थामा वित्तीय नोक्सानीको चिन्ताबाट मुक्त हुन संभव हुन्छ । निर्जीवन बीमा कम्पनीले प्रदान गर्ने मालबाहक सवारी साधनको बीमा सेवाहरुमध्ये मालबाहक सवारी साधन व्यापक बीमा अन्तर्गत मालवाहक गाडीको नोक्सानी, दुर्घटनाबाट कुनै धनजनमा हुने क्षति र गाडीलाई मर्मत संभारको लागी ग्यारेजसम्म पु-याउन लाग्ने खर्च समेतको पूर्ती हुने सुविधा उपलब्ध हुन्छ ।

Esewa
Crest

यस बीमा अन्तगैत दुर्घटना, प्राकृतिक प्रकोप तथा आगलागीको कारणले मालबाहक गाडीमा कुनै हानि–नोक्सानी भएमा बीमा कम्पनीबाट तत्कालै क्षतिपूर्ती प्राप्त गर्न सकिन्छ । गाडीको भारवहन क्षमता र गाडी मालिकले रोज्ने बीमांक रकमको आधारमा बीमाशुल्क निर्धारण हुन्छ । यसबाहेक दुर्घटनाबाट कुनै क्षति भएमा निश्चित रकमसम्म गाडी स्वयम्ले नै मर्मत खर्च व्यहोर्न सहमति जनाएमा सो वापत पनि बीमाशुल्कमा छुट पाइन्छ ।

दुर्घटना भएको अवस्थामा बीमांक रकमसम्म गाडी धनीले, गाडी ठोक्किएर अन्य कसैलाई धनमालको क्षति भएमा ५० लाख रुपैयाँसम्म क्षतिपूर्ती प्रदान गर्नेछ । यसबाहेक गाडीको ठक्करबाट वा किच्चिएर तेश्रो पक्ष घाइते वा निधन भएमा ५० लाख रुपैयाँसम्मको जोखिम यो बीमाले व्यहोर्नेछ । गाडी मर्मतको लागी ग्यारेजसम्म पु¥याउनुपरेमा १५ हजार रुपैयाँसम्म खर्च र गाडी सडकबाट खसेमा वा पल्टिएको अवस्थामा निकाल्नको लागी १ लाख रुपैयाँ सम्म बीमा कम्पनीले क्षतिपूर्ती प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS