IME Life New

नेपाली कांग्रेसको चुनावी घोषणा ‘सवैलाई स्वास्थ्य बीमा’, बीमाङ्क रकम १० लाख पुर्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल कांग्रेसले मंसिर चार गते हुने प्रतिनिधिसभा र राष्ट्रिय सभाको चुनावको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले चुनावी घोषणामा बीमालाई विशेष स्थान दिने प्रतिवद्धता व्यक्त गरेको छ । घोषणा पत्रमा ५ वर्ष भित्र सबै नागरिकको ‘स्वास्थ्य बीमा र बीमा मार्फत गम्भिर प्रकृतिका रोगको उपचारको सुनिश्चिता गर्ने भनिएको छ ।

त्यस्तै बीमा रकमको दायरा बढाई १० लाख पुर्याइने कांग्रेसले प्रतिवद्धता व्यक्त गरेको छ । आधारभुत बाहेकका सबै स्वास्थ्य सेवा बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिने भनिएको छ ।

Esewa
Crest

कांग्रेसले अहिलेकै स्वास्थ्य बीमा बोर्डलाई लक्षित गर्दै बीमाको पहुँच सत प्रतिशत नागरिकमा पुर्याउने भनेको हो । हाल एक परिवारले स्वास्थ्य बीमा मार्फत वार्षिक तीन लाख रुपैयाँसम्मको स्वास्थ्य उपचारको सेवा पाउदै आइरहेका छन् । कांग्रेसको घोषणा पत्र अनुसार सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बीमामै एकिकृत गर्ने लक्ष्य लिइएको छ ।

अहिलेको स्वास्थ्य बीमाको अवधारणा पनि नेपाली कांग्रेसकै हो । अहिलेका अर्थमन्त्रीले स्वास्थ्य बीमालाई निजी बीमा कम्पनी अन्तर्गत ल्याउने विषय बजेटमा उल्लेख गर्दा कांग्रेसले संसदमै चर्को विरोध गरेपछि हटाइएको थियो ।

घोषणा पत्रमा नवप्रवर्तन, लघु, घरेलु तथा मझौला उद्योगहरुका लागि सरकारले छुट्टै कोष स्थापना गरी विना धितो कर्जा प्रवाह गर्ने उल्लेख छ । त्यस्तै इ-कमर्स लगायतका विदेशी स्टार्ट-अप कम्पनीहरुमा नेपाली साझेदार राख्न प्रोत्साहित गर्ने, भेन्चर पूँजी प्रवर्द्धन गर्न आयकर ऐनमा संशोधन गर्ने तथा प्रत्यक्ष विदेशी लगानीको सीमालाई लचिलो बनाइने भनिएको छ । घोषणा पत्रमा आगामी ५ वर्ष भित्रमा विद्युतिय सवारी साधनको प्रयोग ५० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ ।

नाफामुलक व्यावसायिक एवम् वित्तीय संस्थाहरुले खर्च गर्दै आएको सी.एस.आर. अन्तर्गतको उल्लेख्य अंश भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा खर्च गर्ने नियम ल्यानेछ भनिएको छ । यदि नेपाली कांग्रेसले चुनाव जित्यो र चुनावी घोषणा अनुरुप काम गर्यो भने यस्ता क्षेत्रमा बीमा कम्पनीहरुले पनि खर्च गर्नु पर्नेछ ।

संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षाविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत कांग्रेस नेताहरूले घोषणापत्र लेखेका हुन् ।

congress-ghosanapatra

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS