Connect IPS
IME Life

बालाजु नजिकैकाे लाेलाङकाे जुत्ता उद्याेगमा भीषण आगलागी, दुई महिनामै बालाजुकाे दुईवटा जुत्ता उद्याेगमा आगलागीकाे घटना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । बालाजु नजिकैकाे लाेलालङमा जुत्ता उद्याेगमा साेमबार साँझ भीषण आगलागी हुँदा उद्याेगमा कराेडभन्दा बढीकाे क्षति पुगेकाे अनुमान गरिएकाे छ । लाेलाङ हाइटमा अवस्थित जुत्ता उद्याेगमा साँझ एक्कासी आगलागी भएकाे केही समयपछि ठूलाे विष्फाेट सहितकाे आवाज समेत सुनिएकाे स्थानीयवासीले जानकारी दिएका छन् ।

घनाबस्तीबीच रहेकाे उद्याेगमा आगलागीका कारण आसपासकाे जनजीवन त्रसित बनेकाे छ । आगलागीकाे कारण खुल्न नसके पनि तिहार पूजाका बेला असावधानीका कारण आगलागी भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । उद्याेगका संचालकले आगलागीबाट हुने क्षतिकाे क्षतिपूर्ती बीमा कम्पनीबाट उपलब्ध हुने गरी बीमा गरे नगरेकाे खुल्न सकेकाे छैन ।

Prabhu
Crest

यसअघि बालाजुकाे बाइसधारमा अवस्थित वन वर्ल्ड जुत्ता उद्याेगमा गत साउन २५ गते भीषण आगलागी भएकाे थियाे । कारखानामा काम गर्ने क्रममा विद्युत सर्ट भई आगो लागेको थियो । आगो लाग्दा जुत्ता निर्माण गर्ने मेसिन, कच्चा पदार्थ र निर्माण भएका जुत्ता नष्ट हुँदा करिव ४ करोड रुपैयाँको क्षति भएको पाण्डेले जानकारी दिए ।

गत असाेज ५ गते कपनमा अवस्थित राममन्दिर नजिकैकाे अक्सिजन सिलिण्डर गाेदाममा आगलागी हुँदा तीनजनाकाे मृत्यु भएकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

83%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS