IME Life New

यस्तो बन्यो मर्जर पछि सानिमा जिआईसी इन्स्योरेन्सको लोगो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सफल मर्जर सँगै एकिकृत कारोबारको घोषणा गरेको सानिमा जिआईसी इन्स्योरेन्सले आधिकारिक लोगो सार्वजनिक गरेको छ । मर्जर पछि बनेको कम्पनीको लोगो पनि साविकका बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स  र जनरल इन्स्योरेन्स कम्पनीको लोगोलाई मिलाएर बनाइएको छ ।

यी दुई कम्पनीको दुई कम्पनी विच बराबरी हैसियतमा असार २९ गते  मर्जर गर्ने सहमति भएको थियो । मर्जर पछि कम्पनीको नाम ‘सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहनेछ । दुई पक्ष विचमा भएको सहमति अनुसार मर्जर पछिको कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहने छन् भने जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ  वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन्  ।

Esewa
Crest

यो बीमा क्षेत्रकै दोश्रो सफल मर्जर हो । बीमा समितिले लिएको मर्जरको नीतिलाई पहिलो कार्यान्वयन कर्ताको रुपमा हिमालयन र एभरेष्ट भएका छन् भने यस कम्पनी दोस्रो कम्पनी भएका छन्।    मर्जर पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस शेयर दिए पनि बीमा समितिको तोकेको साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउन सक्ने छैन त्यसैले हकप्रद शेयर जारी गर्नु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

53%
happy

खुसी

0%
sad

दु :खी

42%
amazed

अचम्मित

0%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS