IME Life New

धरानको छाता चोकमा कामना सेवाको ८२ औँ शाखा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धरानको छाता चोकमा कामना सेवा विकास बैंकको ८२ औं शाखा सञ्चालनमा आएको छ । २०७६ वैशाख ३ गते बाट बैंकले उक्त शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं.१ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै उक्त शाखा कार्यलयको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा सुनसरी उध्योग वाणिज्य संघका उपाध्यक्ष गिरीधरी सापकोटाको पनि उपस्थिति रहेको थियो ।

Esewa
Crest

शाखा उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख सुजन राईले बैंकको बारेमा जानकारी गराउँदै प्रदेश नं १ मा ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु सञ्चालनमा आउने बताए । व्यापार विस्तारलाई तीव्रता दिने उद्धेश्य पर्यटकीय तथा व्यापारिक नगर धरानमा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८२ वटा शाखा मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS