IME Life New

बीमा ऐन ३१ औं दिनदेखि मात्रै लागु हुने, बीमा समितिको नाम कार्तिक २२ गते पछि मात्रै परिवर्तन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन प्रमाणिकरण भएको मितिले एकतीसौं दिनदेखि मात्रै लागु हुने भएको छ । बीमा ऐनको दफा एक को उपदफा तीनमा ‘यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौं दिनदेखि प्रारम्भ हुनेछ’ भनिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार असोज २३ गते प्रमाणिकरण गरेकी हुन् ।

अव यो ऐन कार्तिक २२ गतेदेखि मात्रै प्रारम्भ हुनेछ । यस अवधिमा बीमा समितिले नियमावली बनाउने छ । ३१ औ दिन भित्रमा नियमावली तयार पारी मन्त्रिपरिषदबाट पारित गर्ने तयारी गरेको छ । ऐन कार्यान्वयन गर्न समितिले नियमावली बनाउनु पर्ने हुन्छ । यदि यहि सरकार हुँदै नियमावली जारी गर्न सकिएन भने अर्को सरकार आए पछि नियमावली जारी हुनै अर्को एक वर्ष लाग्न सक्ने जोखिम रहेकाले यहि अवधिमा काम गर्ने तयारी गरेको हो ।

Esewa
Crest

बीमा समितिले अवको ३१ दिनसम्म ऐन अनुसार बीमा समितिको नाम बीमा प्राधिकरण भनेर लेख्न पाउने छैन । किनकी कार्तिक २२ गतेसम्म बीमा ऐन २०४९ नै कायम रहन्छ । त्यस पछि बल्ल बीमा समितिको नाम बीमा प्राधिकरण भनेर नामाकरण हुनेछ ।

ऐनको दफा तीनमा, प्राधिकरणको स्थापना: (१) बीमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गरिएको छ । दफा तीनको उपदफा दुईमा, प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र प्राधिकरणले आवश्यकता अनुसार नेपालभित्र वा बाहिर जुनसुकै ठाउँमा आफ्नो कार्यालय खोल्न सक्नेछ भनि व्यवस्था गरिएको छ ।

दफा चारमा प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुने: (१) प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित सङ्गठित संस्था हुनेछ र कानूनी व्यक्तित्व प्राप्त गर्नेछ। त्यस्तै उपदफा दुईमा प्राधिकरणले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानून बमोजिम अधिकारको प्रयोग, कर्तब्यको पालना र दायित्व निर्वाह गर्नेछ ।

बीमा ऐनको प्रस्तावनामा ‘बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरी बीमितको हक हित संरक्षण गर्नको लागि बीमा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले, सङ्‍घीय  संसद्ले यो ऐन बनाएको छ ।’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

25%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS