IME Life New

अमेरिकी केन्द्रिय बैंकका पुर्व अध्यक्ष बेन बरनान्केसहित तीन जनाले पाए अर्थशास्त्र तर्फको नोबल पुरस्कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका पूर्व अध्यक्ष बेन बरनान्केसहित तीन जनाले यस बर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार पाउने भएका छन् ।

बरनान्केसँगै डौग्लास डायमन्ड र फिलिप डाइबविगलाई अर्थशास्त्र तर्फको नोबल पुरस्कार दिन लागिएको हो । डायमन्ड युनिभर्सिटी अफ सिकागोका अर्थशास्त्री हुन् भने डाइबविग वासिङटन युनिभर्सिटीमा सक्रिय छन् ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्था र आर्थिक मन्दीमा उनीहरुले गरेको कामलाई मूल्यांकन गर्दै सोमबार अर्थशास्त्र तर्फको नोबल पुरस्कारले सम्मान गरिएको छ । सन् १९८० को सुरुआतमा यी तीनजनाको समूहले गरेको कामलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले पहिचान गर्दै स्वीकार गरेको थियो ।

बरनान्केले सन् २००८ को आर्थिक मन्दीमा अमेरिकाको केन्द्रिय बैंकको नेतृत्व गरेका थिए । उनलाई ‘ग्रेट डिप्रेसन’ नामक रिसर्चमा पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS