IME Life New

भारतमा सबै बीमा योजना एउटै विद्युतीय प्लेटफर्मबाट बिक्री गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतको बीमा नियामक र विकास प्राधिकरणले एउटै विद्युतीय मञ्चबाट सबै बीमकको बीमालेख खरिदको सुविधा उपलब्ध गराउने एप्स बीमा सुगमलाई स्वीकृति दिएको छ।

प्राधिकरणले आफ्ना विनियमित बीमकलाई जनवरी २०२३ सम्म विद्युतीय मञ्चमा सहभागी हुन निर्देशन जारी गरेको छ।

Esewa
Crest

बीमा सुगमले सबै जीवन र निर्जीवन बीमकको बीमालेख बिक्री, सर्भिसिङ र बीमा दाबी गर्ने, बीमाको लागि केन्द्रीकृत बजारको रूपमा काम गर्नेछ। प्रतिवेदन अनुसार दलाल, बैंक, बीमा एजेन्ट र पॉलिसीबजार जस्ता एग्रीगेटर जस्ता बिचौलियाले व्यक्तिलाई बीमा पोलिसीहरू बिक्री गर्न बीमा सुगम प्रयोग गर्नुपर्नेछ। उपभोक्ताहरूले जीवन, मोटर र स्वास्थ्य बीमालेखहरु सिधै प्लेटफर्मबाट किन्न सक्छन्। बीमा सुगम मार्फत खरिद गरिएका सबै बीमालेखहरु विद्युतीय संस्करणमा उपलब्ध गराइनेछ।

 

बिमा सुगम एप्सले बिचौलियालाई दिइने कमिशन घटाएर बीमाको लागत घटाउने अपेक्षा गरिएको छ । बीमा सुगमले जीवन बीमाशुल्क कमिशनको रूपमा तिरेको भाग झन्डै ३० प्रतिशतबाट ५ प्रतिशतसम्म घटाउन सक्ने प्रतिवेदनले जनाएको छ ।

बीमा सुगमलाई प्रयोगमा ल्याउनको लागि भारु ८५ करोड लाग्नेछ। बीमा कम्पनीहरू प्लेटफर्ममा प्रमुख शेयरधारक हुने अपेक्षा गरिएको छ। लगभग ३० प्रतिशत पूँजी जीवन बीमाकले र थप ३० प्रतिशत निर्जीवन बीमकले लगानी गरेका छन् ।

नेपालमा नियामक बीमा समितिले यस सम्बन्धमा कुनै तयारी नगरेपनि निजी क्षेत्रको ईबीमा, खल्ती लगायतका संस्थाले विद्युतीय माध्यमबाट बीमालेख बिक्री सेवा चाहिँ शुरु गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS