IME Life New

भारी वर्षाले देशभर बालीनालीमा करोडौं क्षतिको अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मनसुन सकिने समयमा शुरु भएको अबिरल वर्षाका कारण देशैभर कृषिबालीमा ठूलो क्षति पुग्ने अनुमान गरिएको छ।

बडा दशैँको नवमीदेखि शुरु भएको वर्षा शुक्रबारसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेको हो ।

Esewa
Crest

निरन्तरको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्याउन थालेको छ भने सम्म मैदानी भागमा धानबाली र तरकारीबालीमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ।

गत वर्ष भारतको उत्तराखण्डबाट असोज ३१ गते प्रवेश गरेर कात्तिक १० गतेसम्म कायम रहेको मनसुनी प्रभावका कारण देशभर करिब १२ अर्ब रुपैयाँ बराबरको धानबाली बिग्रिएको अनुमान गरिएको थियो। वर्षाले बालीमा क्षति पुग्दा  धान उत्पादनमा करीब ९.९२ प्रतिशतले गिरावट आएको थियो।

सडक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सडक र पुल भत्किंदा मात्रै १ अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ।

साधाणतया अंग्रेजी क्यालेण्डर अनुसार १३ जुनमा मनसुन भित्रिने र २ अक्टोबरमा मनसुन बर्हिगमन हुने गरेको छ । मौसमविद्का अनुसार पर्यावरणीय असन्तुलनका कारण मनसुन पछाडि धकेलिएको छ । जुन ३ मा शुरु हुने मनसुन लम्बिएर १० जुन हुँदै क्रमश १३ जुनमा आइपुगेको छ । मनसुन बहिर्गमनको समय पनि २३ सेप्टेम्बरबाट २ अक्टोबरमा सरेको छ । यस वर्ष २ अक्टोबरबाट पनि अझै सरेर ५ अक्टोबर भन्दा पनि लम्बिएको छ। यस्तै, १ सय ५ दिनको मनसुन अवधि लम्बिएर १ सय ११ दिनसम्म हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS