IME Life New

दशैंको विदामा घुम्न निष्कदै हुनुहुन्छ ? सवारी साधानको बीमा गरेर मात्रै हिड्नुहोस् !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैं, तिहार लगायतका चाडवाडको समय धेरै दुर्घटना हुने गर्छ । लामो समय विदा पाइने भएकाले प्रायः सबै जना कुनै न कुनै यात्रामा निष्किरहेका हुन्छन् । कोहि आफ्नो घर परिवार सहित गाउँमा जान्छन् भने कोही मठ मन्दिरमा दर्शनका लागि जान्छन् । अहिलेको युवा वर्ग भने घुमफिरका लागि निष्किने चलन बढ्दो छ ।

यहि सममा सवारी दुर्घटना पनि अधिक हुन्छ । दुर्घटनाबाट मानव जीवनका साथै सवारी साधनको पनि ठुलो क्षति हुने गरेको छ । यहि सम्भावित क्षतिलाई कम गर्ने एक मात्र उपाय भनेको बीमा नै हो । नेपाल सरकारले तेस्रो पक्ष बीमालाई अनिवार्य गरेता पनि ब्लुबुक नविकरण नगरेका सवारीधनीले बीमा नै गरेका हुँदैनन् । यस्तो अवस्थामा सवारी साधन दुर्घटनामा पर्यो भने ठुलो क्षति आफैले बेहोर्नु पर्ने हुन्छ । लाखौको क्षति बेहोर्नु भन्दा यात्रामा निष्कनु अगाडी नै बीमा गर्दा बुद्धिमानी हुन्छ ।

Esewa
Crest

बीमा गर्न पनि धेरै गाह्रो पनि छैन । नजिकको जुनसुकै निर्जीवन बीमा कम्पनीको शाखा कार्यालयमा गएर बीमा गर्न सकिन्छ । अर्को तर्फ अधिकाम्स निर्जीवन बीमा कम्पनीहरुले अनलाइनबाटै बीमा पोलिसी खरिद गर्न मिल्ने बनाएका छन् । यसले गर्दा कार्यालय समय भन्दा बाहिरको समयका अतिरिक्त विदाको दिनमा पनि बीमा गराउन सकिन्छ ।

सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा तथा प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्पका कारण हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ । यति मात्र नभई विभिन्न कारणबास सवारी साधनले तेस्रो पक्षलाई हानी नोक्सानी पुर्याएको खण्डमा क्षतिपूर्ति समेत पाइन्छ ।

मोटर बीमा गरेपछि बीमकले विभिन्न अवस्थामा जोखिमको क्षतिपुर्ती पाउने व्यवस्था छ । सवारी साधनको सम्पूर्ण क्षति वा नाश भएको खण्डमा अवस्था हेरी क्षति भुक्तानी हुन्छ । जसमा आगलागी, चट्याङ, सवारी साधन वा सोमा जडित पार्टपूर्जाको बिष्फोटन वा स्वजलन, भूकम्प, बाढी (डुबान), पहिरो (भूस्खलन), आँधिबेहरी, असिना, हिउँ वा तुसारो, आकस्मिक दुर्घटनाजन्य कारणहरुबाट भएको क्षतिमा बीमालेखले भुक्तानी दिने गर्छ । साथै सावरी साधनको प्रयोगबाट भएको ह्रासको परिमाण स्वरुप वा यान्त्रिक वा विद्युतिय अवरोध, टुटफुटको कारण, चोरी, सडक, रेल, आन्तरिक जलमार्ग, लिफ्ट वा एलिभेटरमा ओसार पसार गर्दा भएको क्षतिलाई बीमालेखले व्यहोर्ने गरेको छ ।

तेस्रो पक्ष बीमाले बहन गर्ने जोखिम

मोटर बीमा गरेपछि बीमकले विभिन्न अवस्थामा जोखिमको उठान गर्दछ । सवारी साधनको सम्पूर्ण क्षति वा नाश भएको खण्डमा अवस्था हेरी क्षति भुक्तानी गर्दछ । जसमा आगलागी, चट्याङ, सवारी साधन वा सोमा जडित पार्टपूर्जाको बिष्फोटन वा स्वजलन, भूकम्प, बाढी (डुबान), पहिरो (भूस्खलन), आँधिबेहरी, असिना, हिउँ वा तुसारो, आकस्मिक दुर्घटनाजन्य कारणहरुबाट भएको क्षतिमा बीमालेखले भुक्तानी दिने गर्छ । साथै सावरी साधनको प्रयोगबाट भएको ह्रासको परिमाण स्वरुप वा यान्त्रिक वा विद्युतिय अवरोध, टुटफुटको कारण, चोरी, सडक, रेल, आन्तरिक जलमार्ग, लिफ्ट वा एलिभेटरमा ओसार पसार गर्दा भएको क्षतिलाई बीमालेखले व्यहोर्छ ।

यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयाँ तोकिएको छ । दुर्घटनामा परि यात्रुको मृत्यु भएमा सोहि बीमाङ रकमको सिमाभित्र रहि किरिया खर्च समेत उपलब्ध गराइन्छ । जसमा तेस्रो पक्षको मृत्यु भएमा वा चालक, यात्रु, परिचालक, हेल्परको मृत्यु भएमा किरिया खर्च बापत प्रति व्यक्ति ५० हजार रुपैयाँ तोकिएको छ । तेस्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पाँच लाख रुपैयाँ तोकेको छ । साथै घाइते भएमा उपचार बापत ३ लाख रुपैयाँ औषधि उपचारका लागि प्रदान गरिन्छ ।

चालकले मादक पदार्थ सेवन गरेको कारण पुगेको क्षति, हानी नोक्सानीमा दाबी रकम पाइदैन । साथै हुलदंगा, हड्ताल, द्धेषपूर्ण कार्य तथा आतंककारी, विध्वंशकारी कार्य सम्बन्धि सम्पुष्टिहरु जारी नगरेमा पनि क्षतिपूर्ति पाउन सकिदैन । कुनै पनि दावी जालसाजीपूर्ण भएमा वा दावीको सिलसिलामा झुठो बयान दिइ बीमितले वा निजको तर्फबाट काम गर्ने अधिकार प्राप्त कुनै व्यक्तिले यो बीमालेख अन्तर्गत कुनै अनुचित लाभ उठाउन खोजेमा वा जानीजानी बीमित बीमित वा अन्य कुनै व्यक्तिको मिलेमतोमा कुनै क्षति, हानि नोक्सानीको घटना घटाएमा पनि बीमकले दाबी भुक्तानी भुक्तान गर्दैन । यस बाहेकको अवस्थामा बीमितले क्षतिपुर्ती पाउन सक्छन् ।

त्यसैले बीमा खर्च होइन । अझै पनि नेपालीहरु माझ बीमा शुल्कलाई खर्चको रुपमा हेरिन्छ । बीमा गर्दा सम्भावित ठुला ठुला आर्थिक क्षतिबाट बच्न सकिन्छ । बीमा पक्कै पनि नाफाका लागि वा पैसा कमाउनका लागि होइन । यो भवितव्य केहि भइहाल्यो भने ऋण गर्न नपर्ने अवस्थाको उपचार हो । हामीले जीवनभर कमाएको पैसा अझ ऋण गरेर खरिद गरेको सवारी साधनमा क्षति पुर्याउदा धेरै गाह्रो हुन्छ । हामीलाई पहिलाकै अवस्थामा फर्किन धेरै कठिन हुन्छ । यदि बीमा गरियो भने हाम्रो स्ट्याण्डर्ड घट्न दिदैन । त्यसैले समयमै बीमा गरौ सम्भावित क्षतिबाट बचौ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS