IME Life New

माइक्रो इन्स्योरेन्सका लागि ३१ वटाको पर्यो निवेदन, क-कसले दिए आवेदन (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ७ वटा माइक्रोइन्स्योरेन्स कम्पनीका लागि प्रस्ताव आह्वान गर्दा ३१ वटाले आवेदन दिएका छन् । बीमा समितिले गत भदौ १० गतेदेखि आज अपरान्ह १२ बजेसम्मका लागि प्रस्ताव खुला गरेको थियो ।

बीमा समितिका अनुसार अन्तिम समयसम्ममा ३१ वटाको प्रस्ताव परेको छ । गत मंगलबारसम्ममा ७ वटाकै मात्रै आवेदन परेकोमा हिजो र आज २४ वटाले प्रस्ताव पेश गरेका छन् । अधिकाम्सले आज विहानै प्रस्ताव पेश गरेका हुन् ।

Esewa
Crest

गत मंगलबारसम्ममा नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीबन बीमा कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आवेदन दिएका थिए ।

त्यस्तै हिजो र आज मात्रै एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, उन्नती माइक्रोजनरल, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ जनरल, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, गरिमा माइक्रो जनरल, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रेष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, केयर माइक्रो जनरल, अभियान लघु बीमा, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनीले प्रस्ताव दर्ता गराएका छन् ।

बीमा समितिले आजसम्म पेश भएका प्रस्तावलाई मूल्याङ्कन गर्नेछ । मूल्याङ्कनका विभिन्न आधारहरुका आधारमा लाइसेन्स दिने बीमा समितिका अध्यक्ष सूर्या प्रसाद सिलवालले बताउदै आएका छन् । बीमा समितिले मूल्याङ्कन गरेर जसको धेरै नम्बर आउछ उसैलाई छनोट गरेर अनुमति दिने जनाएको छ । अहिले जीवन र निर्जीवन बीमा जे जसरी दर्ता भए पनि समितिले अनुमति दिदा आफैले तोकेर दिनेछ । अहिलेलाई तीन वटा जीवन र चार वटा निर्जीवन लघुबीमा कम्पनीले लाइसेन्स पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS