IME Life New

लघुबीमाका लागि ७ कम्पनीले दिए आवेदन,कसले पाउला लाइसेन्स ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुबीमाका लागि ७ वटा कम्पनीले बीमा समितिमा प्रस्ताव पेश गरेका छन् । बीमा समितिले दिएको ३५  दिनको म्याद सकिनु भन्दा दुई दिन अगाडि नै  कम्पनीले दर्ता गराएका हुन् ।

बीमा समितिका अनुसार  कम्पनीले  नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स,स्वदेशी लघु जीबन बीमा कम्पनी,जानकी जीवन लघुबीमा कम्पनी,नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी,गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स,कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड प्रस्तावित कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि निवेदन दिएका हुन् ।  प्राय यी  कम्पनीले बीमा समितिले सार्वजनिक सूचना जारी गर्नु भन्दा अगाडि नै तयारीमा रहेका थिए ।

Esewa
Crest

बीमा समितिले गत भाद्र १० गते ३५ दिन भित्रमा प्रस्ताव पेश गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरेको थियो । समितिले दिएको म्याद पर्सि  १३ गते सकिदैछ । बीमा समितिले प्रस्ताव पेश गर्ने कम्पनीहरुको मुल्याङ्कन गरेर जुन राम्रो देखिन्छ त्यसैलाई लाइसेन्स दिने तयारी गरेको छ । हाल नेपालमा लघुबीमा कम्पनी स्थापना छैन।

लघुबीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तिमा ७५  करोड रुपैयाँ हुनु पर्नेछ । त्यस मध्ये ३० प्रतिशत सर्बसाधारणमा शेयर जारी गर्नु पर्ने हुन्छ त्यसैले अहिले ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी राखेर समितिमा प्रस्ताव पेश गर्न सकिने छ।  रितपुर्वक पेस नगरिएको, म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्तावहरु उपर कुनै कारबाही नहुने बीमा समितिले जनाएको छ । प्रस्तावकले पेस गरेका प्रस्तावहरु मध्ये बीमा समितिबाट तयार हुने मूल्यांकलनका आधारमा उच्चतम अंक प्राप्त गर्ने ४ निर्जीवन लघुबीमा र ३ जीवनलघु बीमा कम्पनी गरि ७ कम्पनीको प्रस्तावकलाई मात्रै छनोट गर्नेछ ।

बीमा समितिले राजनीतिक पहुँचका आधारमा लाइसेन्स प्रदान गर्ने  विश्लेषकहरु बताउछन् । दर्ता भएका कम्पनीहरु मध्ये जुन कम्पनीले अर्थमन्त्रालय तथा प्रधानमन्त्रीको मन जित्न सक्छ उसैले लाइसेन्स पाउने उनिहरुको तर्क छ । तर समितिले गरेको अध्ययन र लाइसेन्स प्रदान गर्ने प्रकृयाँ भने यस भन्दा अगाडि हिमालयन पुनर्बीमालाई  गरेको अभ्यास भन्दा फरक पर्ने छैन । त्यसैले अन्तिममा दर्ता भएको कम्पनीले लाइसेन्स पाउने सम्भावना अधिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS