IME Life New

सानिमा र जनरलको विशेष साधारणसभा सम्पन्न, शेयरधनीहरु सँग लिए मर्जरको अन्तिम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा सम्पन्न गरेका छन् । दुबैले मर्जरको विशेष प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेका छन् ।

सानिमा र जनरलले आज छुट्टा छुट्टै विशेष साधारणसभा आह्वान गरेका थिए । दुबैको सभाबाट एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित भएको छ । जनरल इन्स्योरेन्स कम्पनी तथा सानिमा जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा ‘सानिमा जिआईसी इन्स्योरेन्स लि.’ तथा अंग्रेजीमा “Sanima GIC Insurance Limited” कायम गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्तावलाई दुबैले पारित गरेका छन् ।

Esewa
Crest

सानिमा जनरल तथा जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ता एस.आर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सद्धारा तयार पारिएको डिडिए प्रतिवेदनलाई पनि अनुमोदन गरिएको छ । डिडिए प्रतिवेदन अनुसार एक बराबर एकको अनुपातमा मर्जर गर्ने कार्यालाई अन्तिम स्वीकृति प्रदान गरिएको छ ।

सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम संझौतापत्र, सहमतिपत्र तथा अन्य भए गरेका संझौताहरुको सभाबाट अनुमोदन भएको छ । सभाले मर्जर पछि कम्पनीको केन्द्रिय कार्यालय अहिलेको सानिमा रहेको स्थान टंगालमा रहने प्रस्ताव पनि पारित गरेको छ । दुबै कम्पनीले मर्जर पनि संस्थापक र सर्वसाधारणको शेयर अनुपातलाई ५१:४९ बनाउने विशेष प्रस्ताव समेत पारित गरेका छन् । यस सँगै दुबैका संस्थापक शेयरधनीको केहि शेयर सर्वसाधारण समुहमा कर्भर्जन गर्ने बाटो खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS