IME Life New

नेपाल इन्स्योरेन्सले भव्य रुपमा मनायो ७५औं वार्षिकोत्सव, नविनतम प्रविधि मार्फत उत्कृष्ट बीमा सेवा दिने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो ७५औं वार्षिकोत्सव भव्यताका साथ सुसम्पन्न गरेको छ । कम्पनीले २०७९ साल आज आश्विन ८ गते शनिवारका दिन ७५औं वार्षिकोत्सव कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले स्वागत एवं शुभकामना मन्तव्य राख्दै नेपालको बीमा उद्दोगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७५ वर्ष देखि उत्कृष्ट बीमा सेवा निरन्तर रुपमा दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पु-याउने प्रतिवद्धता व्यक्त गरे ।

Esewa
Crest

कम्पनीको ७५ औं वार्षिक उत्सव कार्यक्रममा कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७५औँ वर्ष पार गरि ७६ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दै यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वाश गरि सहगोग पु-याउने सम्पूर्ण संस्थापक तथा शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालकहरु, कर्मचारीहरु, हाल कार्यरत कर्मचारीहरु, नियामक निकायहरु र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गरे ।

यसै अवसरमा आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दिर्घ सेवा पदक र कदरपत्र पत्र प्रदान गरियो । कार्यक्रम सञ्चालन मुख्य प्रबन्धक चन्द्र नाथ उप्रेतीले गरेका थिए ।

कम्पनीको हाल चुक्ता पूँजी रु १३७ करोड रहेको र कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय सहित ५९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरी ग्राहकको आबश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई कम्पनीका सम्पूर्ण काम कारवाहीहरुलाई पूर्ण व्यवसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै जाने प्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS