Connect IPS
IME Life

अव २०३० सम्ममा काठमाडौं भित्र विद्युतिय गाडी मात्रै चल्छन् : अर्थमन्त्री शर्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अवको एक दशकमा उपत्यकाभित्र विद्युतीय गाडीलाई अनिवार्य गर्ने विषयमा बहस सुरु भएको बताएका छन् । नाडाले आजदेखि सुरु गरेको ‘नाडा इभि एक्पो २०२२’ को उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री शर्माले २०३० भित्रमा इभि गाडीलाई अनिवार्य गर्ने विषयमा बहस सुरु गर्नु पर्ने वेला आएको बताएका हुन् । उनले भने ‘अव २०३० सम्ममा काठमाडौंमा इभि गाडी मात्रै चल्छन् भन्ने वेला आयो कि आएन छलफल गर्ने वेला आएको छ । अव कट अफ मिति तय गरि निष्कर्ष निकाल्नु छ ।’

नेपालले गत वर्ष ग्याँस सहित तीन सय चार अर्ब रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको भन्दै नेपालले हाइड्रोजन र ग्रिन एमोनिया जस्तो उर्जाको विषयमा अध्ययन सुरु भएको बताएका छन् । यसरी ठुलो मात्रामा पेट्रोलियम पदार्थको आयातले गर्दा नेपाल परनिर्भर भइरहेको उनले जनाएका छन् ।

Prabhu
Crest

सरकारले विद्युतीय गाडीको उपयोगमा जोड दिने शर्माले बताए । हाइड्रोजन उत्पादन गर्न सकियो भने नेपालले तुलनात्मक रुपमा कम लागतमा हाइड्रोजन उत्पादन गर्न सक्ने शर्माको दाबी छ । सरकारले कृषि क्षेत्रको अनुदान घटाएर प्रोत्साहनमुलक नीतिलाई लिइएको उनले जनाए । प्रपोजलमा सिमित कृषि कार्यलाई रोक्न प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको उनले बताए ।

अहिले इभि गाडी बनाउन कुनै व्यवसायीले लगानी भित्र्याउन लगानी बोर्डमा आवेदन दिएको शर्माले जानकारी दिए । इभि गाडी नेपालमै बन्नु पर्ने शर्माको भनाइ छ । यसका लागि नेपाल सरकारले के कस्तो सहयोग गर्नु पर्ने हो गर्न तयार रहेको शर्माले जानकारी दिए । तीन सय अर्बको पेट्रोलियम पदार्थको आयातमा एक सय अर्ब मात्रै घटाउन सकियो भने ठुलो व्यापार घाटा कम हुने उनले बताए । विद्युतीय गाडीको लागि स्टार होटल लगायतका क्षेत्रलाई चार्जिङ स्टसन राख्न समेत उनले निर्देशन दिएका छन् । उनले विद्युतीय गाडीको प्रयोग बढाउन सबैलाई आ-आफ्नो ठाँउबाट लागि पर्न समेत उनले आह्वान गरेका छन् ।

व्याजदरको विषयमा पनि अर्थमन्त्री शर्माले आक्रोस पोखेका छन् । जुन देशमा बैंकमा पैसा राखेर १२/१३ प्रतिशत व्याज पाइन्छ भने त्यो देशको विकास हुन नसक्ने शर्माको भनाइ छ । व्याजदरको सन्दर्भमा उठेका विषयमा अर्थमन्त्रालयले आउने सातामा गम्भिर खालको छलफल गरी हल निकालिने शर्माले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS