IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषले भव्यताका साथ मनायो ४९ औ वार्षिकोत्सव, ठोस रणनीति बनाउन गभर्नरको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको भव्यताका साथ ४९ औ वार्षिकोत्सव मनाएको छ । काठमाडौंको टंगालमा सम्पन्न भव्य कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा, विशिष्ट अतिथी महाप्रसाद अधिकारी, कोषका अध्यक्ष राजश्व सचिव रामेश्वर दङ्गाल, बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय लगायत बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई संबोधन गर्ने अर्थमन्त्री जनार्दन शर्माले वित्तीय क्षेत्रमा साधारण निक्षेपकर्ताको कोषलाई सुरक्षण गर्न तथा कर्जा सुरक्षणमा कोषले ठुलो योगदान पुर्याएको भन्दै प्रशंशा गरेका छन् । कोषले अझै प्रयाप्त भुमिका खेल्न अझै बाँकी रहेको समेत बताए । नेपाल सरकारले साउन एक गतेदेखि प्रतिव्यक्ति ५ लाख रुपैयाँको कोष सुरक्षण गर्ने व्यवस्था गरेकाले कोषको दायरा फराकिलो भएको शर्माले बताए ।

Esewa
Crest

कर्जा सुरक्षण कोषलाई माइक्रोइन्स्योरेन्स कम्पनीहरुमा पनि उपयोग गरिनु पर्ने शर्माको तर्क छ । माइक्रोइन्स्योरेनसले प्रवाह गर्ने कर्जालाई यस्तो कोष मार्फत जोड्न सकियो भने अहिले जति पनि व्याजदर दिने अभ्यास छ त्यसलाई केहि हदसम्म नियन्त्रण गर्ने शर्माको भनाइ छ । कर्जालाई उत्पादनमुलक क्षेत्रमा परिचालन गर्नु पर्ने अहिलेको अवस्यकता रहेको उनको भनाइ छ । हामीले जति धेरै उत्पादन गर्न सक्यौ हाम्रो व्यापार घाटा तथा आयात पनि घट्ने उनको भनाइ छ ।

संसारमा आर्थिक मन्दि आए पछि नेपालको वित्तीय प्रणालीमा स्थायित्व कायम गर्न यो कोषको स्थापना भएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । कोषले अहिलेसम्म एउटा संस्थाको मात्रै दाबी भुक्तानी गरेको छ । यसले कन्फिडेन्स बढाउने काम गरिरहेको अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गर्ने भएकाले पनि कोषले धेरै जोखिम लिनु नपरेको अधिकारीले बताए । अझ कतिपय अवस्थामा राष्ट्र बैंकले टाइट गर्न मिल्दैन । त्यस्तो अवस्थामा यस्ता संस्था मार्फत समेट्ने प्रयास भइरहेको उनको भनाइछ । यो सामान्य रुपमा प्रिमियम संकलन गर्ने मात्रै होइन, यसले भोलिका दिनमा राष्ट्र बैंकको नीति निर्णयमा पनि सघाउन मद्दत गर्ने अधिकारीले जनाए । संस्था ४८ वर्ष पुग्दै गर्दा अहिलेसम्म रणनीति नपाइएको अधिकारीले आरोप लगाएका छन् । कोषले ठोस योजना ल्याउन नसकेको उनको आरोप छ ।

कोषको तथ्याङ्क हेर्दा पछिल्लो समय फड्को मार्न सफल रहेको बैंकर्स संघका अध्यक्ष उपाध्यायले बताए । कोषले ग्याप विश्लेषण गरेर अगाडी बढ्नु पर्ने उनको भनाइ छ । कोषले आफु सँग भएको रकम बैंकमा राखेर व्याज खाने भन्दा पनि अन्य क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर सोच्ने वेला भएको उनले बताए । कोषले आफ्नो सेक्टरलाई माथि पुर्याउन रिफाइनान्सको काम गर्नु पर्ने उपाध्यायको भनाइ छ ।

वार्षिकोत्सवको अवसरमा निक्षेप तर्फ सबैभन्दा धेरै बीमा शुल्क बुझाउने राष्ट्रिय बाणिज्य बैंकलाई सम्मान सहित पुस्कार दिइएको छ । त्यस्तै कर्जा तर्फ डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई सम्मान गरिएको छ । कार्यक्रममा विशिष्ट अतिथि गभर्नर अधिकारीले ‘काजीको रुपैयाँ’ नामक लघु चलचित्रको लोकार्पण गरेका छन् । सञ्जिवनी जर्नल भिडियो र नयाँ वेबसाईट लन्ज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS