IME Life New

लघुबीमाको लाइसेन्सका लागि आवेदन दिन १३ दिन बाँकी, अहिलेसम्म एउटा पनि परेन !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आह्वान गरेको लघु बीमा कम्पनीको लाइसेन्सका लागि अहिलेसम्म एउटा पनि आवेदन पर्न सकेको छैन । बीमा समितिले भदौ १० गते ३५ दिन भित्र आवेदन पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो । तर बीमा समितिमा भने अहिलेसम्म एउटा पनि आवेदन पर्न सकेको छैन ।

समितिले लाइसेन्स आह्वान गर्नु अगाडी लघुबीमा कम्पनीको स्थापनाका लागि ३२ वटाले निवेदन दर्ता गराएका थिए । तर समितिले अहिलेको सूचना जारी सँगै यस अगाडीका सम्पुर्ण आवेदनलाई अयोग्य हुने भनिसकेको छ । बीमा समितिले प्रादेशिक स्तरमा कार्यालय रहने गरि चार वटा निर्जीवन र तीन जीवन सहित ७ वटा कम्पनीलाई मात्रै लाइसेन्स दिनेछ ।

Esewa
Crest

बीमा समितिले यस भन्दा अगाडी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई जुन हिसावले लाइसेन्स दिएको थियो अहिले पनि त्यस्तै पद्धत्ती अपनाउने भन्दै साधारण लगानीकर्ताले आवेदन नै नदिने सोच बनाएका छन् । कतिपय व्यक्ति, समुह तथा संस्थाहरु धेरै लामो समयदेखि लघु बीमाको लागी आवेदन दिने भन्दै तयारी गरिरहेका थिए । तर बीमा समितिको रणनीति, माफियाहरुको सेटिङ लगायतका कारणले गर्दा सामान्य लगानीकर्ता तथा समुहहरु लाइसेन्स लिने प्रकृयाँबाटै पठाडी हटेका छन् । सामान्य अवस्थामै आवेदन दिदा समेत ठुलो रकम खर्चिनु पर्छ । लाइसेन्स पाइदैन भन्ने थाहा पाउदा पाउदै किन आवेदन दिने भन्ने मनस्थितिमा लगानीकर्ता छन् ।

बीमा समिति, राजनीतिक व्यक्तिहरु तथा आर्थिक माफियाहरुले क-कसलाई लाइसेन्स दिने भनेर सेटिङ मिलाइसकेकाले पनि अन्य लगानीकर्ताको आवेदन धेरै नै कम पर्ने अनुमान गरिएको छ । यसरी औपचारिकताका लागि सार्वजनिक सूचना जारी गरिएको कतिपयको विश्लेषण छ । आजै मात्र नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सका लागि सार्वजनिक रुपमा आह्वान गरिएको छ । यसरी सरकारले चुनावको मुखैमा एक पछि अर्को लाइसेन्स खुला गर्ने काम आफैमा सेटिङ हो । यहि सेटिङमा पर्नेले मात्रै लाइसेन्स पाउने भएकाले अन्यले चासो नदेखाउनु स्वभाविक हो ।

बीमा समितिले प्रस्तावित लघु बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी ७५ करोड रुपैयाँमा तोकेको छ । प्रस्तावित लघु बीमा कम्पनीले गर्ने बीमा व्यवसाय लघु बीमा तर्फको जीवन बीमा वा लघु बीमा तर्फको निर्जीवन बीमा व्यवसाय मध्ये कुनै एक छुट्टाछुट्टै वा दुवै प्रस्ताव गर्न सक्ने छन् ।

प्रस्तावकले यसअघि कुनै बीमा कम्पनीमा आधारभूत संस्थापक लगानी कर्ताको रूपमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र सञ्चालक समितिमा प्रतिनिधित्व समेत खुल्ने विवरण उल्लेख गर्नुपर्नेछ ।  प्रस्तावित संस्थापकहरूले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानी गर्न पाइनेछैन ।

लघुबीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा बीमा समितिबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ तथा लघुबीमा दर्ता निर्देशिका २०७९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरू समेत समावेश गरेको हुनुपर्नेछ ।

लघु बीमकको कर्पोरेट कार्यालय काठमाडौँ उपत्यका बाहिर प्रदेश स्तरमा रहनुपर्नेछ । छनोट भएका प्रस्तावहरू मध्ये बीमा समितिले कुनै खास प्रदेशमा मुख्य कार्यालय रहने गरी तोक्न सक्नेछ । कम्पनीमा  लगानी  गर्न  हस्ताक्षर  गर्ने  लगानीकर्ताले  आफू  कालोसूचीमा  नरहेको  प्रमाण  पेस  गर्नुपर्नेछ  र  आर्थिक वर्ष २०७७।०७८ को करचुक्ताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

लघु बीमा व्यवसाय सम्बन्धमा स्पष्ट अवधारणा, वस्तुगत विश्लेषण सहित विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन,  विदेशी  लघु  बीमा  कम्पनीसँग  प्राविधिक  पक्षमा  साझेदारी  हुने  गरी  संयुक्त  उपक्रम  स्थापना  सम्बन्धी समझदारी भए सो सम्बन्धी पत्र, लघु बीमा व्यवसाय सम्बन्धी कुनै दुई प्रकारको बीमालेख र सोको प्राविधिक पक्षको पृष्ठपोषण गर्ने Technical Note का साथै लघु बीमासँग सम्बन्धित अन्य अनिवार्य पक्षहरू सम्बन्धी कागजातहरू समेत विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन साथै राखी पेस गर्नुपर्नेछ ।

रीतपूर्वक पेस नगरिएको वा म्याद नाघी प्राप्त भएको वा कुनै सर्त समावेश गरी पेस भएका प्रस्ताव उपर कुनै कारबाही हुनेछैन । पेस भएका प्रस्तावहरू  मध्ये बीमा समितिबाट तयार हुने मूल्याङ्कनका आधारहरूमा उच्चतम अङंक प्राप्त गर्ने जम्मा ७ वटा (३ जीवन बीमा र ४ निर्जीवन बीमा) बीमाका प्रस्तावहरूलाई मात्र छनोट गरिने बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS