IME Life New

शंकर समूहकाे जगदम्बा माेटर्सले गर्याे एकैवर्षमा रू.१३.६२ अर्बकाे काराेबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले गत आर्थिक वर्षमा १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कारोबार रकममा ३.६९ प्रतिशतको झिनो सुधार भएको छ ।

अघिल्लो आव(२०२१) मा जगदम्बा मोटर्सले १३ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले नेपालमा टिभिएस ब्राण्डको मोटरसाइकल, स्कुटर र प्रोटोन ब्राण्डको चारपाङग्रे सवारीसाधन(कार, जीप) र एडएनओसी लुब्रिकेन्ट बिक्री गर्दै आएको छ । जगदम्बा मोटर्सले गत वर्षदेखि दुई पाङग्रे र तीन पाङग्रे सवारी साधन बाराको सीमरामा एसेम्बलिङ(तयारी पार्टपूर्जा जोडजाड गरेर मोटरसाइकल उत्पादन गर्ने) समेत शुरु गरेको छ ।

Esewa
Crest

वित्तीय बजारमा तरलता अभावका साथै बजारमा पर्याप्त प्रतिस्पर्धीहरुको उपस्थितिका कारण जगदम्बा मोटर्सले कारोबारलाई बिस्तार गर्न चुनौती खेप्नुपरेको अवस्था छ । यसबाहेक जगदम्बा मोटर्समा उच्च व्यवस्थापन तहमा पछिल्लो समय किचलो समेत चलिरहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ ।

जगदम्बा मोटर्सको दुई चक्के सवारीसाधनको बजारमा २० प्रतिशत र तीन चक्केमा ३० प्रतिशत बजार हिस्सा रहेको इन्फोमेरिक्स नेपाल ले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार जगदम्बा मोटर्सले ४२ करोड दीर्घकालीन सहित कूल् ५ अर्ब २० करोड रुपैयाँ बैंक कर्जाको लागी क्रेडिट रेटिङ गराएको छ । यो रेटिङ अनुसार दीर्घकालीन कर्जाको लागी ‘त्रिपल बी प्लस’ र अल्पकालीन कर्जाकाे लागी ‘आइआरएन एटु रेटिङ’ प्राप्त गरेको छ ।

जगदम्बा मोटर्सको ब्याज चुक्ता अनुपात ५.९९ रहेकाले बैंक कर्जाको ब्याज भुक्तानी गर्नको लागी सहज अवस्थामा रहेको रेटिङमा उल्लेखित तथ्यांकले इंगित गरेको छ । साथै कूल कारोबारमा इबिआइडिटिए(ब्याज,कर,ह्रासकट्टी, साँवा चुक्ता पूर्वको आय)को हिस्सामा अघिल्लो आवको तुलनामा ७.३५ प्रतिशतले सुधार गरेर १५.७६ प्रतिशत पु¥याउन सफल भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुकाे लागी जगदम्बा माेटर्स, सिप्रदी, माेर‌ंग अटाे, लक्ष्मी हुण्डाई, ज्याेती ग्रुपले गर्ने काराेबार बीमाशुल्क आम्दानीकाे मुख्य श्राेत हाे ।  निर्जीवन बीमाशुल्ककाे ३० प्रतिशतभन्दा बढी हिस्सा सवारीसाधनकाे बीमावापत प्राप्त हुने बीमाशुल्क आम्दानीमा निर्भर रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS