IME Life New

कामना सेवाको नयाँ शाखा मोरङको विराट चोकमा स्थापना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ जिल्लाको सुन्दर, हरैचा नगरपालिकाको वडा नं १२, विराट चोकमा आफ्नो ८१ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ गरेका छन् ।

Esewa
Crest

बैंकका  प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको समुदघाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवर्धन लाईअझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको जानकारी दिएका छन् ।

काठमाण्डौ ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८०वटा शाखा तथा ३५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS