IME Life New

मर्जरको सहमति गरेका सबैले तयार पारे डिडिए, एकिकृत कारोबारको मिति सहित बुझाए प्रगति विवरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीले (सम्पत्ती दायित्व मूल्याङ्कन) डिडिए प्रतिवेदन तयार पारेका छन् । बीमा समितिका अनुसार सम्पुर्ण कम्पनीहरुले डिडिए प्रतिवेदन तयार भएको जानकारी दिएका छन् । तर अहिलेसम्म कुनै पनि कम्पनीले डिडिए प्रतिवेदन भने बुझाएका छैनन् ।

मर्जरको सहमति गरेर चुप लागेर बसेका कतिपय बीमा कम्पनीहरुले आवस्यक प्रक्रिया अगाडी नबढाएको संका गर्दै बीमा समितिले सबैलाई पत्राचार गरेर फर्म्याट सहित प्रगति विवरण तथा कार्य योजना पेश गर्न निर्देशन दिएको थियो । समितिको निर्देशन सँगै अधिकांशले पुस मसान्त भित्रमा एकिकृत कारोबार गर्ने कार्योजना पेश गरेका छन् ।

Crest

बीमा समतिका अनुसार सबैभन्दा पहिला सहमति गरेका गुराँस, युनियन र प्राइमले डिडिए प्रतिवेदन तयार पारिसकेका छन् । उनिहरुले कार्तिक एक गतेदेखि एकिकृत कारोबार गर्ने कार्य योजना पेश गरेका छन् । त्यस्तै ज्योति लाइफ र सूर्या लाइफले पनि कार्तिक एक गतेदेखि एकिकृत कारोबार गर्ने जनाएका छन् । रिलायन्स लाइफ र सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले पुस मसान्त भित्रमा कारोबार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निर्जीवन तर्फ प्रिमियर र सिद्धार्थले माघमा एकिकृत कारोबार गर्ने जनाएका छन् भने सानिमा र जनरलले भने कार्तिकमै एकृत कारोबार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सानिमा र जनरलको अधिकाम्स कार्यहरु पुरा भइसकेको एक कर्मचारी जानकारी दिए । अव केहि समय भित्रै दुबैले विशेष साधारणसभा आह्वान गर्ने योजना बनाइसकेका छन् । सगरमाथा र लुम्बिनी जनरलले चैतमा एकिकृत कारोबार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् भने अजोड र प्रभुले पनि चैत भित्रमा कारोबार गर्ने तयारी गरेका छन् ।

सबैले मर्जरको सहमति पछि बीमा समितिले कम्पनीहरुलाई डिडिए कहिले सम्पन्न गर्ने, डिडिए प्रतिवेदन अनुसार आपसी सहमतिमा स्वाप रेसियोका विषयमा केहि संझौता गर्ने, साधारणसभा केहिले बोलाउने, साधारणसभा सम्पन्न भए पछि कम्पनी रजिष्ट्रारको कार्यलयमा कहिले जाने र संयुक्त कारोबार कहिले गर्ने भन्दै विवरण पेश गर्ने निर्देशन दिएको थियो ।

समितिले मर्जरको सहमति गरेका सम्पुर्ण कम्पनीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा भेटेर तथा फोन मार्फत निर्देशन दिने काम भइरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । मर्जर पछि लामो समय अल्झाएर राख्ने काम नहोस् भनेर कम्पनीहरुलाई दवाव दिने काम भइरहेको उनले जानकारी दिए ।

मर्जरको सहमति गरेका बीमा कम्पनीहरुको काम गर्ने गति नै घटिरहेको भन्दै यसले बीमा क्षेत्रकै बृद्धिदरमा असर पुर्याउने भन्दै समितिले नियमित रुपमा फलोअप गरिरहेको छ । मर्जरको सहमति गरेका कम्पनीहरुलाई एकिकृत कारोबार गराएर मर्जरको सहमति नगरेका बाँकी कम्पनीहरुलाई फोर्स मर्जर गराउने योजनामा अहिले बीमा समिति रहेको छ ।

समितिले गत चैत १० गते जीवन बीमा कम्पनीको लागि न्युनतम चुक्ता पूँजी २ अर्बबाट ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि एक अर्बबाट साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिले पूँजी बृद्धि गर्ने योजना सँगै न्युनतम चुक्ता पूँजीका लागि हकप्रद शेयर निष्काशन गर्न नपाउने बाध्यात्मक व्यवस्था गरिदिएको छ । हकप्रद शेयर निष्काशन गर्न नपाउदा दुई तीन वटा कम्पनी बाहेक सबैलाई मर्जरको आवस्यकता पर्नेछ । अहिलेसम्म हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीको सफल मर्जर भएर हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS