IME Life New

अर्थमन्त्री शर्मा र धरानका मेयर साम्पाङ्गबीच भेट, खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आबश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसंग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा मन्त्री शर्माले आवश्यक प्राबिधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाइ सहयोग गर्ने आश्वसन दिए ।

Crest

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनको टीमले धरानका जनताको खानेपानी समस्या समाधान गर्न गरिएको जनपरिचालनको उच्च प्रशंशा गरेका छन् । उनले भने ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ ।’

भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य  समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए । उनले भने ‘तपाईंहरु हाम्रो अविभावक हो जनताको यो समस्या समाधान गर्न आबश्यक सहयोग गरिदिनुहोला्।’ भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS