Connect IPS
IME Life

बीमा विधेयक संसदमा प्रस्तुत हुँदै, अर्थमन्त्री शर्माको ‘पारित गरियोस्’ भन्ने प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको दैनिक कार्यसूचिमा आज अर्थसमितिले तयार पारेको प्रतिवेदन सहितको ‘बीमा विधेयक २०७५’ माथि छलफलका लागि पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् । त्यस्तै शर्माले बीमा विधेयक, २०७९ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थसमितिले गत असार २ गते बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफल टुङ्गाएर विवादित विषयमा सहमति जुटाएको थियो । सहमति जुटे सँगै अर्थसमितिले संसदमा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो । अव उक्त प्रतिवेदन उपर छलफल गरी केहि दिन भित्रै संसदले विगत लामो समयदेखि अड्किएर बसेको बीमा विधेयक पारित गर्ने योजना छ ।

Prabhu
Crest

अर्थमन्त्री शर्माले अस्थसमितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छद्यपल गरियोस् भनि प्रस्ताव पेश गर्नेछन् । त्यस्तै सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस् भनि प्रस्ताव समेत प्रस्तुत गर्ने आजको दैनिक कार्यसूचीमा रहेको छ ।

संसद अहिले विहान ११ बजेदेखि सञ्चालन हुँदैछ । संसदको पहिलो चरणमा अर्थमन्त्री शर्माले विधेयक माथिको छलफलका लागि पेश गर्ने कार्यसूचीछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS