IME Life New

शेयर खरिद गर्दा इसेवाबाट यसरी गर्न सकिन्छ भुक्तानी, टिएमएसबाटै डाइरेक्ट तिर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाटै शेयर खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । कनेक्ट आइपिएस तथा इन्टरनेट बैंकिङ मार्फत भुक्तानी सेवा रहदै आएकोमा अव इसेवाबाट सजिलै ‘फण्ड कोल्याट्रल’ जम्मा गर्न सकिने भएको छ ।

लगानीकर्ताले अनलाइन प्रणालीबाट शेयर खरिद बिक्री गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा इसेवालाई पनि जोडिएको छ । टिएमएस एउटा यस्तो सिस्टम हो जसले लगानीकर्ताहरुलाई Broker  र नेप्सेको (NEPSE) प्रणालीसँग जोड्ने माध्यमका रूपमा काम गर्दछ ।

Esewa
Crest

टिएमएस सिस्टम सञ्चालनमा आए देखी लगानीकर्ताहरुलाई लगानी कार्यहरुमा सहयोग पुग्दै आइरहेको छ । यस माध्यमबाट लगानीकर्ताहरूले सजिलै धितोपत्र अर्डरहरूको खरिद र बिक्री गर्न सक्ने व्यवस्था छ । यो सिस्टम सुचारु गर्न ब्रोकरको अफिसमा जानु पर्ने हुन्छ भने लगानीकर्ताले आफ्नो कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइलमा यस माध्यमको प्रयोग गर्न सक्छन् । सोही प्रणालीमा इसेवा जोडिए सँगै लगानीकर्ताले टिएमएसबाट हुने सम्पुर्ण भुक्तानी आफ्नो इसेवा आइडीबाट गर्न पाउने छन् ।

इसेवाबाट TMS को पेमेन्ट गर्ने प्रकृया यस्तो छ:

१. आफ्नो TMS Login गर्नुहोस्।

२. Fund Management भित्र भएको Collateral Management  मा  गई Load Collateral मा Click गर्नुहोस्।

३. अब Payment Option मा इसेवा छनौट गर्नुहोस्।

४. Transaction Details यकिन गरी “Proceed गर्नुहोस्।

५. इसेवा Login गरी “Confirm” गर्दा पेमेन्ट पुरा हुनेछ। 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS