Connect IPS
IME Life

असल ऋणी छानी छानी कर्जा लगानी गर्दै बैंकहरु, निक्षेप बाहिरिने क्रम घट्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकहरु असल ऋणी छानी छानी कर्जा लगानी गर्न थालेका छन् । विगत लामो समयदेखि कर्जा प्रवाह गर्न नसकेका बैंकहरु साउन तेस्रो सातादेखि पनि थोरै थोरै गरेर कर्जा लगानी गरिरहेका छन् । बैंकहमा अहिले कर्जा आवेदनको चाङ छ । तर तरलता अभाव भएको भन्दै उनिहरुले असल र अधिक तरलता भएका व्यक्ति तथा संस्था छानेर कर्जा लगानी गरिरहेका छन् ।

धितोले खामेसम्म कर्जा प्रवाह गर्ने बैंकहरु धितोका अतिरिक्त बलियो आम्दानी भएका तथा समयमा सावा र व्याज सहित किस्ता तिर्न सक्ने असल ऋणीलाई पहिचान गरेर मात्रै लगानी गरिरहेका छन् । साउन तेस्रो साता अर्थात साउन १३ गतेदेखि २० गतेसम्मको अवधिमा बाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

Prabhu
Crest

साउन पहिलो र दोस्रो सातामा ९२ अर्ब रुपैयाँले निक्षेप बाहिरिएकोमा साउन तेस्रो सातामा जम्मा ४ अर्बले मात्रै निक्षेप बाहिरिएको छ । यस अवधिमा बैंकहरु सँग ४४ खर्ब ४६ अर्ब निक्षेप संकलन रहेको छ भने ४१ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । स्थानीय निकायको केहि रकम तथा कोषलाई बैंकहरुको निक्षेपमा गणना गर्न नमिल्ने भएकाले पनि बाणिज्य बैंकको निक्षेप घटेको देखिएको हो। यसका अतिरिक्त पछिल्लो समय पेट्रोलियम पदार्थको आयातमा पनि ठुलो रकम बाहिरिरहेको छ । यसले पनि निक्षेपमा दवाव सिर्जना गरिरहेको छ ।

निक्षेप घटेको देखिने वित्तीकै बैंकहरुको सिडी रेसियो पनि बढिरहेको छ । साउन २० गतेसम्मको अवस्थामा बाणिज्य बैंकहरुको औषत सिडी रेसियो ८७.६९ प्रतिशत छ । यदि प्रणालीमा निक्षेप नआउने हो भने बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सक्दैनन् । अर्को तर्फ दशै तिहारको लागि व्यवसायीहरुले अव सामान आयातका लागि एलसी खोल्नुका साथै नयाँ कर्जा लिने हुँदा अवको केहि महिना प्रणालीबाट थप निक्षेप बाहिरिनेछ । अर्को तर्फ विदेशमा गएका नेपालीहरुले चाडवाडमा आफन्त परिवारमा पैसा पठाउने भएकाले रेमिट्यान्स पनि बढ्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS