IME Life New

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई नाफिजको पहलमा ९२ हजार आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

कतार च्यारिटीले वरिष्ट आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई आर्थिक सहयोग गरेको छ । उच्च रक्तचाप र मधुमेहका कारण मल्टिपल हर्टटयाक भई उपचारका क्रममा रहेका पत्रकार बुढाथोकीलाई नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को संयोजनका च्यारिटीले सहयोग प्रदान गरेको हो।

Esewa
Crest

बुढानिलकण्ठ नगरपालिका कपन स्थित बुढाथोकीको निवासमा पुगेर च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले सहयोग रकम हस्तान्तरण गरको छ । नाफिजका अध्यक्ष सिताराम भट्टराई, उपाध्यक्ष इन्द्र बानिया, कार्यसमिति सदस्य मोहम्मद अजमत अलिको उपस्तिथीमा शेखले ३ हजार कतारी रियाल बराबरको ९२ हजार ४४२ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

च्यारिटीले हालसम्म १८ जनालाई उपचारार्थ सहयोग गरिसकेको छ। लामोसमयदेखि निष्ठाको पत्रकारिता गर्दै आएको बताउदै बुढाथोकीले च्यारिटीको सहयोगप्रति आभार प्रकट ग रे। यस प्रकारको सहयोगले आफुलाई आगामी दिनमा पनि निष्ठाको पत्रकारिता गर्न तर्फ प्रोत्साहन मिलेको उनले बताए। बिगत २३ बर्षदेखि आर्थिक क्षेत्रमा कलम चलाउदै आएका बुढाथोकीलाई नाफिजको तर्फबाट यसअघि १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो।

डेढ बर्षदेखि नेपालमा काम थालेको कतार च्यारिटी अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको एक हो। च्यारिटीले तराईका बिभिन्न जिल्ला तथा काठमाडौंमा समेत बिभिन्न बिपन्न तथा पिडित परिवारहरुलाई सहयोग गर्दै आएको छ। संचालनमा आएको छोटो समयमै अहिलेसम्म च्यारिटिले १५ करोड रुपैयाँ बराबरको बिभिन्न काम गरेको छ।

कतार च्यारिटीले विश्वका ३० मुलुकमा आफ्नो कार्यालय स्थापना गरि ५६ भन्दा बढी देशहरुमा विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । डेढ बर्षअघि मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS