IME Life New

राष्ट्रिय बीमा कम्पनीले पूँजी बृद्धि नगरे समितिले एक्सन लिने, ‘सरकारी कम्पनी भनेर नियामक चुप बस्दैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले राष्ट्रिय बीमा कम्पनीले पूँजी बृद्धि नगरेर एक्सनमा जाने चेतावनी दिएका छन् । राष्ट्रिय बीमा कम्पनीले आयोजना गरेको नवौ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले कम्पनीले बीमा समितिले जारी गरेको निर्देशनहरु पालना नभएको भन्दै आक्रोस पोखेका थिए । उनले भने ‘यहाँ अध्यक्ष ज्यु पनि हुनुहुन्छ, सचिव सहसचिव ज्यू पनि हुनु हुन्छ, अवको दिनमा पूँजी बृद्धि गरिएन भने बीमा समितिलाई एक्सनमा जानु पर्ने छ ।’

कार्यक्रममा उपस्थित सबैलाई ध्याकर्षित गर्दै अध्यक्ष सिलवालले तपाईहरुले जे गर्नु पर्छ गर्नुहोस् त्यस पछि बीमा समितिले सोच्छ भन्दै पुनः चेतावनी दिए । तपाईहरुले एक अर्ब पनि पुर्याउनु भएन अव साढे दुई अर्ब पुर्याउनु पर्नेछ । अव कसरी पुर्याउनुहुन्छ भन्ने प्रश्न गरेका थिए । बजारमा भएका जति पनि बीमा कम्पनी छन् ति सबैलाई एउटै नियम लागु गर्ने भन्दै उनले कम्पनीलाई पनि पालना गर्न अनुरोध गरे । यदि तोकिएको समयमा पूँजी बृद्धि नभएमा बीमा समितिले कारबाही गर्ने सिलवालले बताएका छन् ।

Esewa
Crest

सरकारले लगानी गरेको कम्पनी अझ जिम्मेवार हुनु पर्ने उनको भनाइ रहेको छ । उनले भने ‘म अरुलाई कारबाही गर्दै जाने तर राष्ट्रिय बीमा कम्पनीलाई छोड्दै जाने भन्ने हुदैन नि ।’ पूँजी भनेको नियामक निकायले तोकेको समयमा पुर्याउनै पर्ने उनको धारणा छ ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष सिलवालले भाषण गर्दा गर्दै प्रवेश गरेका थिए । उनले प्रमुख अतिथि कृष्णहरी पुष्करलाई नै देखाएर राष्ट्रिय बीमा कम्पनीले कुनै पनि हालतमा नियामकीय पूँजी पुर्याउनै पर्ने अडान राखेका थिए ।

कम्पनीको लेखापरीक्षण नभएको विषयमा पनि अध्यक्ष सिलवालले यदि कम्पनीको लेखापरीक्षण प्रतिवदेनमा महालेखाले हस्ताक्षर गर्छ भने बीमा समितिले भोलि नै स्वीकृत गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले भने ‘तर लेखापरीक्षकले हस्ताक्षर गर्न नमानेको वित्तीय विवरणमा बीमा समितिले स्वीकृत गर्दैन ।’ कम्पनीले ९/१० वर्षदेखि लेखापरीक्षण गर्न नसकेको भन्दै आक्रोस समेत पोखेका थिए ।

पूँजी पुरा नभएसम्म कम्पनीले बजारमा प्रतिपर्धा गर्न नसक्ने हुँदा कम्पनीले पूँजी बढाउनुको विकल्प नभएको उनको धारणा रहेको छ । यसका लागि सञ्चालक समितिले सरकार सँग के कतिप समन्व गर्नु पर्ने हो गर्न समेत उनले आग्रह गरेका छन् । उनले भने ‘अर्थमन्त्रालयमा स्वीकृत माग्नु पर्छ के गर्नु पर्छ त्यो प्रकृयाँलाई अगाडी बढाउनुहोला ।’ महालेखापरीक्षले धेरै वटा कुरामा प्रश्न उठाए पनि अध्यक्ष सिलवालले आज कम्पनी समक्ष यस्तो आक्रोस व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS