IME Life New

संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन, शर्मालाई चोख्याए सँगै अर्थमन्त्रीमा पुनः नियुक्ति हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । बजेटको अघिल्लो रात अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई करका दर हेरफेर गरेको विषयमा छानविन गर्न गठित संसदिय छानविन समितिले आज सभामुख अग्नी प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बुझाएका हुन् । प्रतिवेदनले अर्थमन्त्री शर्मालाई चोख्याएको छ । यसरी सुनियोजित रुपमा संसदिय समितिबाट चोख्याइएको हो । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ ।

Esewa
Crest

समितिले नै मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै यसैका आधारलाई सफाइ दिएको हो । प्रतिवेदनमा भनिएको छ, ‘प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिक्स पठाउँदा जेठ १४ र १५ गतेको ५१ वटा सिंगल फ्रेमका क्लिपहरू प्राप्त हुन आए । उक्त क्लिपहरू चलायमान नरहेकाले छानबिनको कार्यमा त्यति सहयोगपूर्ण रहेनन् ।’ प्रतिवेदनमा थप भनिएको छ, ‘ती क्लिपहरूमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’ संसदीय छानबिन विशेष समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव छन् ।

यसरी चोखिए सँगै माओवादीले अर्थमन्त्रीमा पुनः शर्मालाई नै पठाउने यस अगाडी नै निर्णय गरिसकेको छ । त्यसैले प्रधानमन्त्री देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी आफैले सम्हालेर बसेका छन् । माओवादी अध्यक्ष प्रचण्डको एकोहोरो अडान पछि राजनीतिक दलहरुले शर्मालाई चोख्याउन राजि भएका हुन् । यहि समयमा गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालको अर्थ विभाग सदश्यको रुपमा रहेको कुरा सार्वजनिक भए पछि सत्तारुढ र सत्तापक्ष विचमा गभर्नर र अर्थमन्त्री दुबैलाई चोख्याउने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS