IME Life New

बीमा नहुँदा खर्बौंको सार्वजनिक सम्पत्ति जोखिममा, अनिवार्य बीमा गर्न महालेखापरीक्षकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

‘‘डाटा सेन्टरमा चोरी, प्राकृत्तिक प्रकोपबाट कुनै पनि बेला हुनसक्ने नोक्सानीको जोखिमबाट सुरक्षित रहन सार्वजनिक कार्यालयको प्रयोगमा रहेका पूर्वाधार, यन्त्र, उपकरण र प्रणालीको बीमा गर्नुपर्दछ । ’’

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सरकारी सम्पत्तिको बीमा गर्नको लागी सरकारलाई सुझाव दिएको छ । कार्यालयले ५९ औं वार्षिक प्रतिवेदनमार्फत् सार्वजनिक सम्पत्तिमा आगलागी, चोरी, प्राकृत्तिक प्रकोपबाट कुनै पनि बेला हुनसक्ने नोक्सानीको जोखिमबाट सुरक्षित रहन सार्वजनिक कार्यालयको प्रयोगमा रहेका पूर्वाधार, यन्त्र, उपकरण र प्रणालीको बीमा गर्नको लागी सुझाव दिएको हो ।

Esewa
Crest

आ.व. २०७७।७८ को वित्तीय तथा स्थलगत लेखा परिक्षणको आधारमा तयार पारिएको प्रतिवेदनमा महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक निकायको वित्तीय कारोबारको तथ्यांक भण्डारण गर्नको लागी प्रयोग गरिरहेको तथ्यांक भण्डार(डाटा सेन्टर)को बीमा नगरिएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा उल्लेख छ,‘‘डाटा सेन्टर संचालनमा उच्च क्षमताको विद्युत प्रवाह,ठूलो क्षमताका मेशिनहरु निरन्तर संचालन हुने, कुलिङ्ग, मनिटरिङ्ग लगायतका उच्च जोखिमयुक्त उपकरण भइरहने कारण जुनसुकै बखत दुर्घटना हुने जोखिम रहन्छ ।’’

प्रतिवेदनमा सुझाव सहित भनिएको छ, ‘‘डाटा सेन्टरमा चोरी, प्राकृत्तिक प्रकोपबाट कुनै पनि बेला हुनसक्ने नोक्सानीको जोखिमबाट सुरक्षित रहन सार्वजनिक कार्यालयको प्रयोगमा रहेका पूर्वाधार, यन्त्र, उपकरण र प्रणालीको बीमा गर्नुपर्दछ । ’’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS