IME Life New

वायुसेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषलाई तिर्यो एक अर्ब ३५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष सँग जहाज खरिदका क्रममा लिएको ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले २०७९ असार ३० गते दुबै कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चयकोषको हकमा न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडवडी जहाज खरिद बापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता बापतको रकम भुक्तानी गरेको छ ।

Esewa
Crest

त्यस्तैगरी नागरिक लगानी कोषको हकमा पनि वाइडवडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरेको छ । विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्ययन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थका विच व्यवसायमा आएको तत्कालिन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको निगमले जनाएको छ । पछिल्लो समय कोरोना सम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्व्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS