IME Life New

‘नेकोको अभियान कृषिमा योगदान’, निम्न वर्गका कृषकलाई बीमाको दायरामा समेट्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले कृषि बीमालाई निम्न वर्गका जनसमुदायमा पुर्याउने उद्देश्य सहित ‘नेकोको अभियान कृषिमा योगदान’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्षले आज एक विशेष कार्यक्रमका विच यस अभियानको उद्घाटन गरेका छन् ।

कृषि बीमामा सरकारले ८० प्रतिशत अनुदान दिए पनि वास्तविक कृषकहरुले यसको लाभ उठाउन नसकेको यथार्थलाई मध्यनजर गर्दै उनिहरुलाई बीमाको व्यापक जानकारी दिने उद्देश्यले यस अभियानको सुरुवात गरिएको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले जानकारी दिए । नेपालमा कृषि बीमाको पोर्टफेलियो घाटामा सञ्चालन भइरहेता पनि वार्षिक ८/१० करोड रुपैयाँ नोक्सानमै गएता पनि निम्न वर्गका कृषकहरुमा यसको व्यापक प्रचार प्रसार आवस्यक रहेको सिइओ खड्काले बताए ।

Crest

कम्पनीका अनुसार नेपालमा कृषि बीमाको सहुलियत व्यावसायिक कृषकले मात्रै उठाइरहेका छन् । जवकी उनिहरुका लागि यति धेरै सहुलियतको आवस्यकता नै छैन । अर्को नितान्न कृषक छन् जसलाई कृषि बीमाको जानकारी नै छैन । यहि वर्गलाई कृषि बीमाको दायरामा ल्याउने कम्पनीको प्रमुख उद्देश्य रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनीको यस अभियानलाई संबोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालमा वास्तविक किसानले कृषि बीमाको सुविधा उपभोग गर्न नपाएको अवस्थामा नेकोको यस कार्यक्रमले धेरै भन्दा धेरै वास्तविक कृषकले लाभ लिन विश्वास व्यक्त गरेका छन् । संघिय सरकारले कृषि बीमामा ८० प्रतिशत र प्रादेशिक सरकारले २० प्रतिशतसम्म अनुदान दिइरहेको अवस्थामा पनि किन कृषि बीमा प्रभावकारी हुन नसकेको भन्दै प्रश्न गरेका थिए । यो कार्यक्रम सफल हुन नसक्नुको प्रमुख कारण बीमा कम्पनीहरुको घाटाको पोर्टफेलियो भएकाले वास्ता नगरेको साथै वास्तविक कृषकमा यसको जानकारी नै नपुगेको उनले बताए । यसका लागि बीमा कम्पनीहरुले व्यापक रुपमा अभियानकै रुपमा यसलाई अगाडी बढाउनु पर्ने उनको धारणा छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान अझै पनि ३३ प्रतिशत रहेको हुँदा कृषि बीमा अपरिहार्य रहेको सिलालले बताए । नेपालमा अझै पनि कृषिमा लागत अत्याधिक धेरै हुने भएकाले नेपालीहरु कृषिबाट टाढिदै गइरहेका छन् । नेपालमा अझै पनि कषि बीमाको सुविधा व्यवसायिक कृषकले मात्रै लिइरहेको तर उनिहरुको लागि यति धेरै सहुलियत आवस्यकता नरहेको उनको धारणा छ । सरकारले सधै सहुलियत दिइरहन्छ भन्ने हुँदैन त्यसैले व्यवसायिक कृषकहरुलाई एक किसिमको सहुलियत र निम्न वर्गका कृषकहरुलाई एक किसिमको सहुलियतको व्यवस्था गरिनु पर्ने उनले बताए ।

बीमा कम्पनीहरुमा अझै पनि मानसम्मान ज्यु हजुरको संस्कार कायमै रहेकाले दाबी भुक्तानीमा तल्लो तहलाई अधिकार प्रत्योजन हुन नसकेको उनले बताए । उनले भने ‘पोलिसी काट्दा त्यहि तल्लो तहका शाखाले हुने तर साना तिना दाबीका लागि माथिल्लो तहको अनुमति चाहिने ? किनकी हामीलाई हजुर नमस्कार गरेको मन पर्छ ।’ आम मानिसमा कृषि बीमाको विस्वास घट्दै गइरहेकोले उनले दाबी भुक्तानीमा जोड दिन निर्देशन दिएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालमा कृषि क्षेत्रको उत्पादक र उत्पादकत्वमा बृद्धि गर्न बीमा क्षेत्रलाई जोड दिदै जानु पर्ने बताए । बीमा समितिले स्थानीय तहमा कार्यक्रम आयोजना गर्दा सबैभन्दा धेरै गुनासो बीमा कम्पनीले दाबी भुक्तानी गरेको गुनासो सुनिएकोले कृषकको साना साना दाबी नरोकिदिन उनले अनुरोध गरे । बीमा समितिका निर्देशक शुसिलदेव सुवेदीले कृषि बीमामा धेरै चुनौती रहेको र त्यसबाट केहि पाठ सिकेर अगाडी बढ्नु पर्ने बताए । कृषि बीमा जुन वर्गमा पुग्नु पर्ने हो त्यो वर्गमा पुग्न नसकेको भन्दै यसको व्यापक रुपमा प्रचार प्रसार गर्नु पर्ने आवस्यकता रहेको सुवेदीले बताए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कोरोना बीमाको पोलिसी यहि कृषि बीमालाई हेरेर ल्याएको बताए । कृषि बीमामा पुनर्बीमा हुने भएकाले जति सुकै घाटा भए पनि बीमा कम्पनीहरुले कृषि बीमालाई निरन्तरता दिइरहेने उनले बताए ।

नेकोले यस अभियानलाई अगाडी बढाउन विभिन्न भाषामा बीमा सम्बन्धी जानकारीमुलक, प्रचारमुलक र जनचेतनामुलक अडियो भिडियो सामाग्री तयार पारेको छ । यस अभियानका क्रममा कम्पनीले आवस्यकताका आधारमा शाखा कार्यालयमा कर्मचारी थपरै अगाडी बढ्ने कम्पनीका सिइओ खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS