IME Life New

चुरोट रक्सी कुरकुरे सहित ११ मालबस्तुको आयातमा सरकारले लगायो प्रतिबन्ध, यस्तो प्रतिवन्धित मालबस्तु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले चुरोट रक्सी कुरकुरे लगायत ११ वटा मालबस्तुको आयातमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकासित गरी आज साउन एक गतेदेखि भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको हो । सरकारले यस भन्दा अगाडी पनि प्रतिवन्ध लगाएका कतिपय मालबस्तुको आयातको प्रतिवन्धलाई निरन्तरता दिएको छ ।

नेपाल सरकारले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा तीनको उपदफा एकले दिएको अधिकार प्रयोग गरी सोहि उपदफाको खण्ड (ञ) को उद्देश्य प्राप्त गर्न उक्त बस्तुको पैठारीमा पुर्ण बन्देज लगाएको हो ।

Esewa
Crest

सरकारले कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ बाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थ बाहेक), हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक), स्मार्ट फोनहरु, रङ्गिन टेलिभिजन (३२ इन्च भन्दा माथिका रङ्गिन टेलिभिजन), जीप कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन बाहेक), मोटर साइकल १५० सिसि माथिका, सबै प्रकारका खेलौनाहरु, खेल्ने तासमा प्रतिवन्ध लगाएको छ ।

पैठारीमा बन्देज लगाईएका उल्लिखित बस्तुहरु नेपाल स्थित कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय संघ संस्था तथा सोमा कार्यरत कुटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीको निजी प्रयोगको निमित्त पैठारी गर्न बाधा नपर्ने सरकारले जनाएको छ ।

साउन एक गतेभन्दा अगाडी बैंकिङ माध्यमबाट पैठारीको प्रकृयाँ सम्पन्न भइसकेका १५० सिसिदेखि २५० सिसिसम्मका मोटरसाइकल र ३०० देखि ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा यो व्यवस्था लागु नहुने उद्योग मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS