IME Life New

दाबी भुक्तानी पाए पछि कर नतिर्ने सँग ४२ करोड असुल गर्न महालेखापरीक्षकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले बीमा कम्पनीबाट दाबी भुक्तानी लिई उक्त रकमको कर नतिर्ने १६ जना करदाता सँग ३६ करोड ५८ लाख १३ हजार कर तथा सोमा लाग्ने शुल्क एवं व्याज समेत असुल गर्नका लागि छानविन गर्न सुझाव दिएको छ ।

आयकर ऐन २०५८ को दफा ७ र ३१ मा बीमा लगायतका क्षतिपुर्ति बापतको रकम आयमा समावेश गर्नुपर्ने व्यवस्था छ । आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा विभिन्न बीमा कम्पनीबाट क्षतिपुर्ति रकम प्राप्त गरेका करदाताहरुले उक्त रकम सम्बन्धित आय वर्षको आम्दानीमा समावेश गरेको नदिएको महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Esewa
Crest

प्रतिवेदन अनुसार ठुला करदाता कार्यालय अन्तर्गत २०७५/७६ मा ५६ करदाताहरुलाई ९७ करोड ६२ लाख ६५ हजार तथा २०७६/७७ मा ३८ करदातालाई ४८ करोड ६९ लाख ८७ हजार विभिन्न बीमा कम्पनीहरुबाट क्षतिपुर्ति दाबी भुक्तानी भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । उक्त रकमलाई सम्बन्धित करदाताहरुको आयमा समावेश गरी २०७५/७६ को २४ करोड ४० लाख ६६ हजार र २०७६/७७ को १२ करोड १७ लाख ४६ हजार समेत ३६ करोड ५८ लाख १३ हजार कर र सोमा लाग्ने शुल्क एवं व्याज समेत असुल गर्न छानविन गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ ।

आन्तरिक राजस्व कार्यालय, पुतलीसडक अन्तर्गतका १६ करदातालाई बीमा कम्पनीबाट क्षतिपुर्ती स्वरुप २२ करोड ५ लाख ५५ हजार प्राप्त भएकोमा सम्बन्धित कारदाताले सो रकमलाई आयमा समावेश गरेको नदेखिएकाले लाग्ने कर ५ करोड ५४ लाख ३९ हजार तथा नियमानुसार लाग्ने शुल्क र व्याज समेत असुल गर्नु पर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS