IME Life New

महालेखाले औंल्यायो कोराना बीमामा सरकारी दायीत्व, रु‍. ६ अर्ब भन्दा बढी भुक्तानी दिन बाँकी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले लामो समयदेखि सर्वसाधारणलाई कोरोना बीमावापतको रकम भुक्तानी नगरेकोमा महालेखा परिक्षकको ध्यानाकर्षण भएको छ ।

महालेखा परिक्षकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको आ.व. २०७७।७८ को लेखा परिक्षण प्रतिवेदनमा कोरोना बीमा मापदण्ड २०७७ अन्तर्गत सरकारले ३७ हजार १ जनाको ६ अर्ब १६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको औंल्याएको छ ।

Crest

कोरोना बीमा मापदण्ड अन्तर्गत निश्चित सीमासम्म नेपाल पूनर्बीमा कम्पनी, २० वटै निर्जीवन बीमा कम्पनीहरु र बीमा समितिले बीमावापतको दाबी भुक्तानी दिने र नपुग रकम नेपाल सरकारले भुक्तानी दिने सहमति भएको थियो । तर सरकारले आफ्नो दायीत्व अन्तर्गतको रकम लामो समयदेखि बीमितलाई भुक्तानी दिन आनाकानी गर्दै आएको छ ।


महालेखा परिक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा आ.व. ७७।७८ मा १ लाख १४ हजार ६ सय ३३ जनाको बीमा दाबीवापतको रकम १० अर्ब ९७ करोड ७३ लाख रहेको उल्लेख छ । यो मध्ये जम्मा ४ अर्ब ८१ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ ।

सरकारले लामो समयदेखि आफ्नो दायीत्ववापतको रकम भुक्तानी दिन आनाकानी गरिरहेकाले कोराना बीमावापतको दाबी भुक्तानी गर्न नसक्दा निर्जीवन बीमा कम्पनीको साख खस्किएको छ ।

बीमावापतको रकम भुक्तानी नपाएको भन्दै निर्जीवन बीमा कम्पनीविरुद्ध सर्वसाधारणले अदालतसमक्ष मुद्दा समेत दायर गरेका छन् । विराटनगरस्थित उच्च अदालतले निवेदक पत्रकारहरुलाई कोरोना बीमा दाबीवापतको रकम भुक्तानी गर्न सम्बन्धित बीमा कम्पनीको नाममा आदेश समेत जारी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS