IME Life New

कर छुट पाउन मर्जरमा जुटे बीमा कम्पनी, तीन दिन बाँकी हुँदा ११ ले गरे सझौता बाँकी सघन छलफलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर छुट पाउन बीमा कम्पनीहरु मर्जरमा जुटेका छन् । असार ३१ गते विहानसम्म मर्जरको सहमति गर्नेले आयकर ऐन २०५८ ले दिएका सुविधा प्राप्त गर्न सक्ने छन् । यदि असार ३१ गते विहान मर्जरको सहमति गरेर सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा संझौतापत्र बुझाएमा चालु आर्थिक वर्षकै लागि कर छुटको सुविधा पाउने भएकाले पनि कम्पनीहरु मर्जरका लागि सघन छलफलमा जुटेका हुन् ।

केहि दिनदेखि कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारी, सञ्चालक तथा प्रमुख संस्थापक लगानीकर्ताहरु रातारात आन्तरिक छलफलमा छन् । एकातिर बीमा समितिको अघोसित फोर्सफुल मर्जरको नीति अर्को तर्फ आर्थिक वर्षको अन्तिम समयले गर्दा कम्नपीहरु अहिले दवावमा छन् । व्यवसाय भित्र्याउने दवावमा रहने बीमा कम्पनीहरु यस पटक मर्जरको प्रेसरमा छन् ।

Esewa
Crest

मर्जरमा जाने दुबै बीमा कम्पनीहरुले आयकरको सञ्चित नोक्सानीलाई ७ वर्षसम्म सार्न पाउने छन् । त्यस्तै कर्मचारीको अवकाश भुक्तानीमा करकट्टिको दरमा ५० प्रतिशत छुट पाइनेछ । आरकर ऐनमा मर्जर पश्चात शेयरधनीले २ वर्षसम्म शेयर बिक्री गरी प्राप्त हुने लाभमा कर नलाग्ने व्यवस्था गरिएको छ । त्यस्तै मर्जर पश्चात शेयरधनीले २ वर्षसम्म प्राप्त गर्ने लाभांशमा कर नलाग्ने व्यवस्था गरिदिएको छ ।

उक्त सुविधा पाउन बीमा कम्पनीहरुले यहि असार मासन्तसम्म गाभ्ने गाभिने आसयपत्र आन्तरिक राजस्व विभाग समक्ष पेश गर्नु पर्नेछ । साथै मर्जर प्रकृयाँ २०८० असार मसान्त भित्र पुरा गर्नुपर्नेछ ।

अहिलेसम्म एभरेष्ट र हिमालयनले मर्जर प्रकृयाँ टुङ्ग्याइसके । हिजो मात्रै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । जीवन तर्फ युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै सूर्या लाइफ र ज्योति लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफले पनि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बजार हल्ला अनुसार पछिल्लो समय जनरल इन्स्योरेन्स कम्पनी, सानिमा इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी मर्जरको अन्तिम तयारीमा छन् । उनिहरु एउटै कम्पनी सँग मात्रै छलफल नगरी विकल्पका रुपमा अन्य कम्पनीहरु सँग पनि घनिभुत रुपमा छलफल गरिरहेका छन् ।

कर छुटका अतिरिक्त ओभर क्यापिटलाइजका कारण प्रतिफलको सुनिश्चितताका लागि पनि बीमा कम्पनीहरु मर्जरमा जुटेका हुन् । अहिलेकै अवस्थामा मर्ज गर्दा थप ओभर क्यापिटलाइजल हुने र प्रतिफल नपाउने अवस्थालाई सुरक्षित अवतरणका रुपमा मर्जरलाई जोड दिइरहेका छन् । मर्जरको सहमति हेर्दा सम्पुर्ण लगानीकर्ताहरुले आ-आफ्नो हिस्सालाई कायम राख्न खोजिएको देखिन्छ । भोलि मर्जर पछि के-कस्तो सिनर्जी आउला भन्ने आकलन नगरी मर्जर पछि मेरो शेयर अहिलेको भन्दा घट्छ कि घट्दैन भन्ने अभिप्रायसले मर्जरका लागि सहमति भइरहेको छ । त्यसैले गर्दा कि त कमजोर पुराना बीमा कम्पनी र बलिया नयाँ बीमा कम्पनी, कि त नयाँ नयाँ विचमा मर्जर भइरहेको छ । अव पुराना पुराना बीमा कम्पनीहरुको मर्जरको सहमति भएको जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS