GBIME
IME Life

कालोसूचीमा पर्ने व्यापारीको संख्या झण्डै दोब्बर बढ्यो, वर्ष दिनमै १३ हजारभन्दा बढी व्यापारी कालोसूचीमा परे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालोसूचीमा पर्ने व्यापारीको संख्या वर्षेनी बढ्दो छ ।

वित्तीय दायीत्व समयमै पुरा गर्न नसक्दा कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्ने व्यापारी, उद्योगीको संख्या डेढ गुणा भन्दा बढीले वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७८।७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो सूचीमा पर्नेको संख्या १३ हजार ६ सय ४८ पुगेको छ । केन्द्रका अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योग समेत गत आर्थिक वर्ष २०७७।७८ भरमा जम्मा ४ हजार ८ सय ८२ कालोसूचीमा परेका थिए ।

SKYWELL
Crest

गत आवको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या झण्डै १८० प्रतिशतले बढेको छ । कोरोना संक्रमणको कारण गत आ।व।मा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण पूनर्तालिकीरण गर्न, ऋणको ब्याजमा सहुलियत दिन, साँवा तथा ब्याज असुलीमा लचकता अपनाउन र धितो लिलाम नगर्न निर्देशन दिएका कारण उद्योगी, व्यापारीलाई राहत मिलेको थियो ।

चालू आर्थिक वर्षमा कोरोना महामारीको संक्रमण घट्दै गएको र कोरानाविरुद्धको खोप अभियानले व्यापकता पाएका कारण आर्थिक गतिविधि बढेसँगै राष्ट्र बैंकले सहुलियत हटाएको छ । तर अपेक्षितरुपमा व्यापार व्यवसायले गति लिन नसकेको र बैंक तथा वित्तीय संस्थाको ऋण महँगो भएपछि व्यापारी व्यवसायीहरु मर्कामा परेका छन् । वित्तीय दायीत्व समयमै पुरा गर्न नसक्दा बैंक वित्तीय संस्थाको कालो सूचीमा पर्ने र धितो लिलामीमा जाने व्यापारीको संख्या बढ्दो छ ।

कोरोना महामारीको कारण थलिएको व्यापार व्यवसाय हाल युक्रेन रुसबीचको यूद्धका कारण विश्वभर फैलिएको मन्दीको बाछिटाबाट नेपाली अर्थतन्त्र पनि मुक्त हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाले लामो समयसम्म नेपाल राष्ट्र बैंकले तोकेको तरलता माप पुरा गर्न नसकेको अवस्था रह्यो ।

व्यापारीले व्यापारमा लगानी गर्नको लागी सहजरुपमा कर्जा पाउन सकेनन् । आयात बढ्दा र निर्यात ओरालो लाग्दा व्यापार घाटाका कारण विदेशी मुद्राको संचिति पनि संकुचित हुँदै गएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS