IME Life New

बीमा कम्पनीले अव ‘एनएफआरएस १७’ कार्यान्वयन गर्नु पर्ने, आइक्यान सँग छलफल सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) को संयुक्त आयोजनामा हिजो (असार २३ गते) काठमाडौंमा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान–१७ (NFRS -17) को कार्यान्वयन, नयाँ प्रविधि अवलम्वन र जनशक्ति विकास लगायतका विषयमा बीमा समिति र ICAN लगायत बीमा क्षेत्रसँग सम्वद्ध संघ संस्थाहरू आपसी सहयोग एवम् सहकार्यका साथ अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Esewa
Crest

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउनका लागि समितिले ICAN सँग सहकार्य शुरू गरेको र यो सहकार्य निरन्तर अगाडि बढ्ने बताए ।

अध्यक्ष सिलवालले भने, “बीमा समिति र ICAN मिलेर बीमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको छ । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ । जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्छ । लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नै पर्छ र कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्छ । केही कठिनाई भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि NFRS -17 कार्यान्वयन गर्नै पर्छ ।”

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि, NFRS -17 को कार्यान्वयन,  जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बन लगायतका विषयमा नियामक निकायहरू लगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताए ।

ICAN का अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, NFRS -17 को कार्यान्वयन लगायतका विषयमा समन्वय एवम् सहकार्यका साथ अगाडि बढ्न ICAN तयार रहेको बताए ।

कार्यक्रममा ICAN का कार्यकारी निर्देशक सञ्जय कुमार सिन्हाले ICAN का काम कारवाही र निकायमकीय भूमिका, बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा समितिका काम कारवाही र नियामकीय भूमिका तथा ICAN का परिषद् सदस्य प्रवीण कुमार झाले बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणमा देखिएका चुनौतीहरू सम्बन्धी छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन वीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, ICAN का पदाधिकारी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS