Connect IPS
IME Life

बीमा समितिले यस वर्ष असार मसान्तमा सफ्टवेयर मार्फत लाइभ मोनिटरिङ गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले यस वर्षको असार मसान्तमा सफ्टवेयर मार्फत लाइभ मोनिटरीङ गर्ने भएको छ । अध्यक्ष सूर्य प्रसाद सिलवालले सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा आइटी विभागका प्रमुखहरुलाई प्रत्यक्ष भेटेरै बीमा समितिको एपिआई मोटलमा आफ्नो सफ्टवेयर इन्ट्रिगेट गर्न निर्देशन दिएका छन् ।

बीमा समितिले असार २८ गतेसम्ममा यो काम सकिसक्न निर्देशन दिएको छ । आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा आइटी विभाग प्रमुखहरु सँग भेटेरै यो काम सक्न निर्देशन दिएको हो । प्रमुख कार्यकारी अधिकृतहरुले पनि समितिको निर्देशनलाई स्वीकार गरेका छन् ।

Prabhu
Crest

बीमा समितिको एपिआई मोडलमा बीमा कम्पनीहरुले आफ्नो सफ्टवेयर इन्ट्रिगेट गरे सँगै उनिहरुले जारी गरेका हरेक पोलिसीलाई समितिले लाइभ मोनिटरिङ गर्न सक्ने छन् । जहाँ बीमा कम्पनीहरुले जारी गरेका पोलिसी, बीमा शुल्क आर्जन, दाबी भुक्तानी, बीमा पोलिसीमा दिएको कर्जा, अभिकर्ता कमिशन, लगानी, सरेण्डर लगायतका तथ्याङ्क समितिले सजिलै हेर्न पाउने छ ।

बीमा समितिको यस्तो कदमले अव बीमा कम्पनीहरु सतर्क बन्ने देखिएको छ । असारको अन्तिम दिन पोलिसी खोज्न हिड्ने, असार अन्तिम दिन पोलिसी काटेर साउनमा बीमा शुल्क संकलन गर्ने जस्ता कार्यलाई निरुत्साहित गर्नेछ ।

निर्जीवन बीमा कम्पनीहरुले उधारोमा पोलिसी बिक्री गर्ने कार्यलाई बीमा समितिले गत वर्ष नै केहि हदसम्म रोक्ने प्रयास गरेको थियो । अव यो सफ्टवेयर मार्फत बीमा समितिले यस्ता पोलिसी जारी भए नभएको जानकारी पाउन सक्ने भएकाले कम्पनीहरुले उधारो पोलिसी जारी गर्न सक्ने छैनन् ।

अर्को तर्फ बीमा कम्पनीहरुले अभिकर्ता तथा कम्पनी आफ्नै टार्गेट पुरा गर्न साउन महिनामा पनि पोलिसी काटेर अघिल्लो आर्थिक वर्षमा देखाउने चलन थियो । अव यो काम पनि रोकिने भएको छ । बीमा समितिले असार मसान्त भित्र बैंकिङ प्रणालीमा जस्तै असार मसान्तको राति १२ बजे लक गर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS