IME Life New

बीमा कम्पनीहरुले तत्काल आफ्नो सफ्टवेयर समितिको एपिआईमा जोड्नु पर्ने, अव लाइभ डेटा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले असार २८ गते भित्र सम्पुर्ण बीमा कम्पनीहरुलाई आ-आफ्नो सफ्टवेयर बीमा समितिको एपिआई मोडल मार्फत एकिकृत गर्न निर्देशन दिएको छ । बीमा समितिले आज होटल हिमालयनमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सूर्य प्रसाद सिलवालले गर्न खोजे असम्भव केहि पनि छैन भन्दै बीमा कम्पनीहरुलाई आफ्नो सफ्टवेयर बीमा समितिको एपिआई मार्फत इन्ट्रिगेट गर्न निर्देशन दिएका थिए ।

अध्यक्ष सिलवालले गर्न खोजे असम्भव केहि पनि छैन भन्दै मन्तव्य सुरु गरे पछि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पनि सकिदैन भन्ने जवाफ दिन सकेनन् । उनिहरु सँगै गएका आइटी विभाग प्रमुखहरुले पनि गर्न खोज्यो भने नसकिने भन्ने होइन तर काम गर्न भने गाह्रो रहेको बताएका थिए ।

Esewa
Crest

अध्यक्ष सिलवालले यस वर्ष असार मसान्तको सम्पुर्ण सुपेरिवेक्षण अव यहि सफ्टवेयर मार्फत हुने जानकारी दिएका छन् । यस सफ्टवेयरले बीमा कम्पनीहरुको सम्पुर्ण तथ्याङ्क बीमा समितिले प्रत्यक्ष रुपमा अवलोकन गर्न सक्नेछ ।

जहाँ बीमा कम्पनीले कुन, कति, कहाँ पोलिसी जारी गरेदेखि लिएर कति रुपैयाँ बीमा शुल्क आर्जन गरेसम्मको तथ्याङ्क मोनिटर गर्न सक्नेछ । बीमा समितिले जहिले पनि आर्थिक वर्षको अन्तिम दिन आफ्ना कर्मचारी मार्फत स्थलगत सर्वेक्षणमा पठाउने गरेको थियो । सर्वेक्षणमा गएका कर्मचारीहरुले पनि बीमा कम्पनीहरुको केन्द्रिकृत सफ्टवेयर मार्फत निरिक्षण गर्ने गरेका थिए । यसका अलावा स्थलगत अवलोकन समेत गर्ने गरेका थिए ।

यस वर्ष पनि समितिले थोरै कर्मचारीलाई स्थगतल अवलोकनका लागि खटाएर धेरै जसो कर्मचारीलाई सफ्टवेयर मार्फत नै मोनिटरिङ गर्नेछ । यसरी बीमा समितिले आफ्नो सफ्टवेयर मार्फत प्राप्त गर्ने तथ्याङ्कको गोपनियता कायम राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । बीमा कम्पनीहरुले आफ्नो सम्पुर्ण तथ्याङ्क समितिले सफ्टवेयर मार्फत ट्र्याकिङ गर्दै गर्दा अन्य कम्पनीहरुमा चुहावट हुन्छ कि भन्दै संका व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS