IME Life New

गुणस्तरहिन मिनरल वाटर उत्पादन गर्ने अन्नपुर्ण इन्डष्ट्रिजलाई तीन लाख जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहिन मिनरल वाटर उत्पादन गर्ने अन्नपुर्ण इन्डष्ट्रिजलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनको सलसिलामा विभागलाई प्राप्त उजुरी बमोजिम पाटन ‍औद्योगिक क्षेत्र, ललितपुर स्थित अन्नपूर्ण इन्डष्ट्रिज (मिनरल वाटर उत्पादक) को नमुना संकलन गरि परिक्षणको लागि गत असार १० गते सम्बन्धित निकायमा पठाएको थियो ।

असार १६ गते प्राप्त परिक्षण प्रतिवेदन बमोजिम पानीको गुणस्तरभन्दा घटि बढी भई खान अयोग्य देखिकोले असार २० गते उपभोक्ता संरक्षण ऐन, २०७५ दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेकोले ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम तिन लाख जरिवाना गरिएको हो । साथै उक्त उद्योगबाट उत्पादित परीक्षणका लागि पठाएको Batch No का सम्पूर्ण मिनरल वाटर उत्पादकलाई बजारबाट फिर्ता गर्न लगाएको छ ।

Esewa
Crest

उद्योगबाट उत्पादित पानीको गुणस्तर सम्बन्धित निकायबाट परीक्षण गरी गुणस्तर कायम भएको प्रमाणपत्र पेश नगरेसम्म उक्त उद्योगबाट उत्पादित वस्तु रोक्का राखि उद्योगलाई सिलबन्दी गरिएको विभागले जनाएको छ ।

काठमाडौं जिल्ला, नागार्जुन न.पा. ६ स्थित श्यामेश्वर फार्मेसी ले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेकोले ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम २ लाख जरिवाना गरिएको र सोहि दिन जम्मा १७ वटा व्यवसायीक  फर्महरु अनुगमन गरिएकोमा विभिन्न ८ वटा व्यवसायिक फर्महरुलाई छ लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो नियमित कार्यहरुको अतिरिक्त बजार अनुगमन गर्ने कार्यलाई उच्च प्राथमिकता राखि अनुगमन गरिरहेको छ । २०७९ असार १ गते देखि २० गते सम्म २७८ फर्महरुलाई अनुगमन गरि ८७ फर्महरुलाई विभिन्न कसूरमा कारवाही गरि रु. २५,७५,०००। जरिवाना गरिएको छ ।

चालु आ. व. को श्रावणदेखि २०७९ आषाढ २० गतेसम्म ३०३४ व्यापारिक फर्महरुमा अनुगमन/निरीक्षण सम्पन्न गरी १३०१ फर्मलाई विभिन्न कसूरमा कारवाही गरी रु. १,७७,८१,०००/- जरिवाना गरिएको छ ।

त्यसैगरी चालु आ. व. को हाल सम्म म्याद नाघेका रु ५४,६०,८५२/- मूल्य बराबरका माल वस्तु नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS