Connect IPS
IME Life

अजोड इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश, छोटो अवधिमै पुराना कम्पनीलाई पछि पार्न सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । अजोड सञ्चालको छोटो अवधिमै नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ । कम्पनीलाई स्थापित गर्न अथक परिश्रम गर्ने सम्पुर्ण कर्मचारीहरुलाई कम्पनीले विशेष आभार प्रकट गरेको छ । त्यस्तै समस्त ग्राहकहरुलाई पनि कम्पनीले विशेष आधार प्रकट गरेको छ ।

कम्पनीलाई मार्गनिर्देशन प्रदान गर्ने नियामक निकाय, संस्थापक तथा शेयरधनी पनि हार्दिक कृतज्ञता प्रकट गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनमा अझ विश्वसनीय, भरपर्दो, छिटो छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Prabhu
Crest

कम्पनीले आज भन्दा ५ वर्ष अगाडी आजैका दिनदेखि निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । तत्कालिन समयमा सञ्चालन अनुमति पाएका चार कम्पनीहरु मध्ये सर्वाधिक छलाङ मारेको अजोडले पुराना कम्पनीलाई पनि उछिनिसकेको छ ।

कम्पनीले २०७७ असार मै सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो । स्थापनाको छोटो समयमै सर्वसाधाण शेयर जारी गरेको अजोडले बीमा समिति समक्ष ३० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । ग्राहक वर्गमा छोटो समयमै आफुलाई स्थापित गराउन सफल अजोडले निर्जीवन बीमा व्यवसायमा राम्रो प्रगती गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री छन् । सुरुवाति दिनदेखिनै कम्पनीको नेतृत्व सम्हाल्दै आएका खत्रीले कम्पनीलाई नयाँ उचाइमा पुर्याउन सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS