काठमाडौं । चालु आर्थिक वर्ष सकिन अव १२ दिन मात्रै बाँकी छ । तर अहिलेसम्म पूँजीगत खर्च भने जम्मा ४१.६२ प्रतिशत मात्रै भएको छ । आजसम्ममा जम्मा एक खर्ब ५७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले लिएको लक्ष्य अनुसार अझै ५८.३८ प्रतिशत पुरा हुँन बाँकी छ ।
चालु तर्फ भने लक्ष्य अनुसार ८४.९९ प्रतिशत खर्च भइसकेको छ । वित्तीय खर्च पनि ५०.९३ प्रतिशत मात्रै भएको छ । सरकारले समयमा खर्च गर्न नसक्दा अर्थमन्त्री तथा अर्थमन्त्रालयको कार्यसम्पादन प्रति नै प्रश्न उठेको छ । चालु खर्च भने ९ खर्ब ५ अर्ब रुपैयाँको भएको छ । चालु बाहेक पूँजीगत खर्च हुन सकेको छैन ।
सरकारले आजसम्ममा ९ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्य अनुसार ८३.०४ प्रतिशत पुरा भएको छ ।